
लण्डन । बेलायती प्रधानमन्त्री तथा सत्तारुढ कञ्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले पार्टीका अध्यक्ष नदिम जाहावीलाई निस्कासन गरेका छन् ।
करका बारेमा विवादमा परेका जाहावीले मन्त्रिले पालना गर्नुपर्ने आचारसंहिता पालना गरे नगरेको बारेमा छानविन गर्न प्रधानमन्त्री सुनकले स्वतन्त्र सल्लाहकारलाई नियुक्त गरेका थिए ।
स्वतन्त्र सल्लाहकार लोरी म्याग्निसले दिएको चार पेज लामो प्रतिवेदनमा जाहावीले आचारसंहिता उल्लंघन गरेको पाइएपछि सुनकले आइतबार जाहावीलाई पार्टी अध्यक्षबाट हटाएका हुन् ।
जाहावी सत्तारुढ पार्टी अध्यक्षका रुपमा मन्त्रिपरिषदको बैठकमा सहभागी हुँदै आएका थिए ।
इराकबाट बाल्यकालमा बेलायत आएका जाहावी केही वर्षयता सत्तामा प्रभावशाली रहँदै आएका थिए । उनी बोरिस जोन्सनको अन्तिम मन्त्रिमण्डलमा अर्थ मन्त्री रहेका थिए भने त्यसअघि शिक्षा मन्त्री र कोरोनाकालमा खोप मन्त्री रहेका थिए ।
उनीमाथि बेलायतको कर कार्यालयबाट कर छली सम्बन्धी छानविन गरी ठीकसँग कर नतिरेको पाइएको थियो र उनलाई नगद जरिवाना पनि गरिएको थियो ।
उनले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन