
काठमाडौँ । करातेका संस्थापकमध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासङ्घ केन्द्रीय कार्यसमितिको तदर्थ समिति आज गठन गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिवसमेत रहनुभएका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको हो । अघिल्लो तदर्थ समितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहनुभएका दावा गुरुङ सहअध्यक्ष बन्नुभयो । उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सहमहासचिवमा ओमकृष्ण प्रसाई, सचिवमा श्याम शेर्पा र विआर मित्र तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ हुनुहुन्छ ।
त्यस्तै, सदस्यमा राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायणबहादुर मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, तारा वली, दुर्गा गौतम परियार, रवि महर्जन, डोल्मा लामा शाह र किशोरप्रसाद भट्टराई हुनुहुन्छ ।
उहाँहरूलाई राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले आजै मनोनयनपत्र हस्तान्तरण गर्नुभयो ।
अब महासङ्घले तीन महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारणसभा तथा निर्वाचन गर्नु पर्नेछ ।
अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई विसं २०७५ फागुन १४ गते तीन महिनाभित्र महासङ्घको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा चार वर्षसम्म उक्त समितिले महासङ्घको विधान संशोधन तथा निर्वाचन गरेको थिएन ।
कार्यक्रममा सदस्यसचिव घिसिङले ऐतिहासिक आवश्यकताका हिसाबले लामालाई अध्यक्षको जिम्मेवारी दिइएको बताउनुभयो ।
अध्यक्ष लामाले संस्था र खेलाडीको हितलाई ध्यानमा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले परिषद्ले दिएको तीन महिनाभन्दा धेरै अगाडि निर्विवादरूपमा चुनाव सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन