लण्डन । डिसेम्बर १ का दिन साँझबाट सम्पर्कविहीन भएका ३६ वर्षीय किरण पुनको शव फेला पार्न ठ्याक्कै प्रहरीलाई डेढ महिना लाग्यो । तर शव फेला परेको एक साता नबित्दै प्रहरीले उनको केसलाई बन्द गर्ने निर्णय गरेको छ ।
बेलायतको ह्याम्पसायर प्रहरीले सोमबार एक विज्ञप्ति जारी गर्दै पुनको पोष्टमार्टम गरिएको र उनको मृत्यु शंकास्पद नभएको ठहर गरेको छ । यसबारेमा उनको परिवारलाई जानकारी दिइएको र प्रहरीले उनको सम्भावित मृत्युको कारण कोरोनरलाई पठाउने बताएको छ ।
उनको हत्याको आशंकामा पाँच जनालाई पक्राउ गरिएको थियो । धरौटीमा छाडिएका उनीहरूमाथि अब उप्रान्त कुनै कारबाही नचलाउने निस्कर्षमा प्रहरी पुगेको छ ।
डिसेम्बर १ को साँझ अन्तिम पटक अल्डरसटको इस्ट स्टेशन रोडमा देखिएका भनिएका पुनको शव त्यहाँबाट हिँडेर पनि १५ मिनेटमा पुगिने ब्रिक फिल्डस कन्ट्री पार्कमा प्रहरीले जनवरी १५ मा भेटेको थियो । बेलायतको एम्सबरी (घटनास्थलबाट करिब ५० माइल टाढा)मा बसोबास गर्ने उनी सोही दिन रेलबाट फार्नब्रो झरेका थिए । त्यसपछि बस चढेर अल्डरसट स्टेशनमा उत्रेका थिए ।
प्रहरीका डिटेक्टिभ इन्सपेक्टर आडम इडवार्डसले यस अफ्ठेरो घडीमा परिवारप्रति आफ्नो सहानुभूति प्रकट गरेका छन् । उनले अनुसन्धानमा प्रहरीले अति नै मिहिनेतपूर्वक छानविन गरेको भन्दै अनुसन्धानमा सघाउने सबैलाई धन्यवाद दिएका छन् ।
तथापि प्रहरीले किरणलाई के भएको थियो भन्ने आममानिसको जिज्ञासा मेटाउन भने सकेको छैन । उनको खोजीका बारेमा बेलायतको नेपाली समुदायले प्रहरीको उदासिनता महसुस गरेको छ । किनकि प्रहरीले सार्वजनिक गरेको तस्वीरमा उनी अल्डरसट स्टेशनमा बसबाट ओर्लिरहेको देखिन्छ त्यहाँबाट उनको शव भेटिएको दुरी करिब १ माइल छ । त्यति त जनपरिचालन गरेर खोजी गरेको भए एक दिनमै छिचोलिने सकिन्छ । त्यसका लागि नेपाली समुदायले स्वयंसेवीरूपमा सहयोग पनि गर्ने थिए । एकदिन केही नेपालीहरूले खोज्ने कोसिस समेत गरेका थिए । त्यति परिधिमा खोजिनमा लागि किन डेढ महिना लाग्यो ? प्रहरीले किरण पुनको बेपत्ता हुनुसित सम्बन्धित भनेर पक्राउ गरेको मानिसहरूका बारेको समाचारमा किन ‘हत्या’ भन्ने शब्द पटकपटक प्रयोग गर्यो ? अनि अहिले आएर कुनै कारबाही नगर्ने भन्यो ? किन ती व्यक्तिहरूलाई अनुसन्धानका लागि मात्र पक्राउ गरिएको भन्न सकेन ? कतै नेपाली समुदायको स्थानिय प्रहरी प्रशासनमा दबाब दिन सक्ने क्षमता र मिडियामा पहुँच नभएकाले पो किरणको केसलाई यसरी अनुत्तरित छाडिएको हो त होइन ?
नेपालीहरूको बेलायतमा अधिक बसोबास रहेको क्षेत्र (जसलाई बेलायतमा नेपालीको राजधानी समेत भनिन्छ) मा घटेको यस घटनाले ह्याम्पसायर प्रहरीप्रति नेपालीहरूलाई प्रश्न गर्ने प्रशस्त ठाउँ दिएको छ ।
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन