
लन्डन । मेडिस्टन गोर्खा नेपाली समाजको वार्षिक साधारण सभा समाजको आफ्नै घरमा शनिबार सम्पन्न भएको छ ।
समाजको सातौँ कार्यसमितिले सो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभामा वर्षभरि भएका गतिविधिहरु, आयब्यय र आर्थिक कारोबारहरुको पारदर्शिता सार्वजनिक गरिएको थियो। यस्का अलावा मेडिस्टन काउन्सिलबाट प्राप्त सहयोग रकमलाई अति आवश्यक ब्यक्तिहरुलाई जस्तै अपाङ्ता भएका ब्यक्तिहरु र अन्यलाई अतिरिक्त सामग्रीहरु सो रकमबाट बाँडिएको हो ।
यस्का साथै समाजले मेडिस्टन वोरो काउन्सिलसँग सहकार्य गरेर मेडिस्टन मेला, रिमेम्बरेन्स परेड (पुर्खा दिवश) र अन्य साना कार्यक्रमहरुमा सहभगिता गर्दै आएको छ । स्मरण रहोस करिa १५ वर्ष अगाडी यस काउन्सिलले मेडिस्टन म्यूजियमको प्रवेश द्वारको अगाडी ठूलै ठाउँ दिएर गोर्खा स्टाच्यू राखेको छ जस्ले गोर्खाहरुको सम्मान र गोर्खा ईन्जिनियर्सको ईज्जत बढाएको छ ।
विगत केही वर्षयता नानीहरुको लागि नेपाली भाषा कक्षा सन्चालन हुँदै आएको र उक्त कार्यको लागि केही पूर्वाधार र आवश्यक सामाग्रीहरु मेडिस्टन वोरो काउन्सिलबाट प्राप्त भएको र कक्षा सुचारु राख्नलाई नानीहरुको बाआमाबाट चाहिएको बेलामा थोरै रकम कहिलेकाहीँ लिएर काम चलाएको जानकारी संयोजक शकुन गुरुङ्ले दिनुभयो ।
साधारण सभामा समाज घरको हलबाट आएको आयब्ययको प्रतिवेदन मोहन तामाङले दिएका थिए । समाजका सिनियर भेट्रानको गतिविधि समाजका अध्यक्ष तिलकराज थापा, महिला कमिटीको गतिविधी शकुन गुरुङ्, खेलकुद गतिविधी कोर्डिनेटर लोकप्रसाद लिम्बुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावी योजनामा गोर्खा कपमा समाजबाट प्रतिनिधि टिम समावेश गराउने योजना प्रस्तुत गरे । ईन्टर्टेन्मेन्ट सचिव युनिल गुरुङ, मेडिया गतिविधि सुरेन्द्र ईङ्नाम, मेडिस्टन वोरो काउन्सिलसँगको सहकार्य तथा गतिविधिबारे वार्षिक प्रतिवेदन काउन्सिलर दिनेश खड्काले बुझाएका थिए ।
साधारण सभाको अन्त्यमा वर्तमान अध्यक्ष ध्रुव गौतमले वर्षभरि गरिएका गतिविधिहरुमा प्रतिनिधि तथा विषेश सहयोग दिएर गरेर सफल भएकोले सम्पूर्णलाई धन्यवाद दिदै भावी कार्य योजनाहरुको जानकारीका साथ साधारण सभा समापन गरेका थिए ।
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चलेको सभालाई उपाध्यक्ष महेन्द्र केसी र आचु गुरुङ्ले सामूहिकरूपमा सञ्चालन गरेका थिए।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार