
लण्डन । ब्रिटेन नेपाल लयर्स एसोसिएनले संस्थाका संरक्षक प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा बेलायतको द रोयल एसियाटिक सोसाइटीले वार्षिक पुरस्कार स्थापना गरेकोमा प्राध्यापक सुवेदीलाई बधाई ज्ञापन गरेको छ ।
एसोसिएसनका अध्यक्ष सोलिसिटर दीपक भट्टराईले विहीबार एक विज्ञप्ति जारी गर्दै सुवेदीका नाममा प्रतिष्ठित संस्थाद्वारा पुरस्कार स्थापना हुनु गौरवको कुरा भएको बताउनुभएको छ । प्राध्यापक सुवेदी संस्था र संस्थाका सदस्यहरूका लागि उदाहरण बन्नुभएको पनि विज्ञप्तिमा बताइएको छ ।
सोसाइटीले प्राध्यापक सुवेदीका नाममा घोषणा गरेको पुरस्कार पहिलोपटक सन् २०२३ को सेप्टेम्बर महिनामा प्रदान गर्ने योजना छ । पुरस्कार नेपालका बारेमा अंग्रेजीमा प्रकाशित पुस्तक वा लेखलाई प्रदान गरिने छ । पहिलो पटकको पुरस्कारको लागि समयसीमा ३० मार्च २०२३ सम्म तोकिएको छ । पुरस्कारको विजेतालाई प्रवचन दिन पनि अवसर दिइने छ ।
सो पुरस्कार सुवेदीको योगदानको कदर गर्दै डा जेम्स बुसटिलले स्थापना गरेका हुन् ।
प्रोफेसर सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान