
लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्याका समाधानका लागि नेपाल र बेलायत सरकारका प्रतिनिधिहरुबीच प्राविधिक तहमा बुधबार वार्ता भएको छ ।
बुधबार अपराह्न लण्डनस्थित नेपाली दुताबासमा भएको वार्तामा गोरखा भूतपूर्व सैनिकहरूको पेन्सन, क्षतिपूर्ति, सद्भावना लगायतका विषयमा छलफल भएको दुताबासका उपनियोग प्रमुख श्रीमती रोशन खनालले जानकारी दिनुभयो ।
पहिलो चरणको वार्तामा गोरखाहरूको कल्याणकारी विषयहरूमा मात्र छलफल गर्न बेलायती टोलीले इच्छा व्यक्त गरेकोमा नेपाली तथा गोरखा सैनिकहरूका प्रतिनिधिहरूले सबै विषयमा वार्ता हुनुपर्ने अडान राखेका थिए । खनालले बुधबारको वार्तामा गोरखा पेन्सन योजना (जीपीएस), गोर्खा पेन्सन ट्रान्सफर योजना (गोट) लगायतका विषयमा विमर्श भएको र अर्को चरणमा विस्तृत छलफल गर्ने सहमति भएको बताउनुभयो ।
अर्को वार्ता क्रिस्मसभन्दा अगावै हुने पनि खनालले जानकारी दिनुभयो ।
वार्तामा गोरखाका तर्फबाट सहभागी गोर्खादुत मेजर रिटायर्ड जुदबहादुर गुरुङले आजको छलफल अत्यन्तै सकारात्मक भएको बताउनुभयो । छलफल सकारात्मक दिशमा अघि बढेको र बेलायती वार्ता टोलीका प्रतिनिधिहरू गोरखाका सबै कुरा सुन्न तयार भएको गुरुङले जानकारी दिए । ‘पेन्सन हेर्ने वार्ता टोलीका सदस्यले पेन्सनबारे तपाईहरुको कुरा सुन्छु । हाम्रो तर्फबाट कुनै कमीकमजोरी रहेका छन् भने सच्याउन पनि तयार छौँ भन्नुभयो’, गुरुङले भन्नुभयो ।
अबको छलफलमा पेन्सन, वेलफेयरका विषयलाई अलग अलग टोली बनाएर वार्ता अगाडी बढाउने सहमति भएको पनि गुरुङले बताए । सानो सानो टोली बनाएर वार्ता गर्दा छलफल प्रभावकारी हुने र वार्ता पनि छिटो छिटो हुने गुरुङले आशा व्यक्त गरे ।
ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजीडब्ल्यूएस) का अध्यक्ष टिकेन्द्रदल देवानले यसअघिको वार्तामा गोरखाहरूको पेन्सनको बारेमा बेलायती प्रतिनिधि मण्डलले कुरा सुन्न नचाहेकोमा आजको वार्तामा भने पेन्सनको बारेमा सुन्न तयार छौँ भनेर आस्वासन पाउनु सकारात्मक भएको बताए । वार्तामा नेपाली दुताबासका प्रतिनिधि मण्डलले गोरखाहरूको मागमा अत्यन्त सकारात्मक प्रस्तुति भएको देवानले बताए ।
वार्तामा नेपाली टोलीका नेतृत्व उपनियोग प्रमुख रोशन खनालले गर्नुभएको थियो । वार्तामा दुताबासका द्वितीय सचिव रामबाबु नेपाल, बेलायत सरकारका तर्फबाट जेम्स ग्रीनवार्डको नेतृत्वमा ६ सदस्य सहभागी थिए । गोरखा सैनिकका तर्फबाट मेजर रिटायर्ड उदयबहादुर गुरुङ र मेजर रिटायर्ड टिकेन्द्र दल देवान सहभागी थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा