लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच पहिलो वार्ता शुरु भएको छ ।
वेष्टमिन्स्टरस्थित बेलायतको रक्षा मन्त्रालयमा विहीबार बिहान सो वार्ता शुरु भएको हो ।
वार्तामा नेपालका तर्फबाट बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख रोशन खनाल र सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार रहेका थिए भने बेलायती पक्षबाट डिफेन्स पिपल, भेट्रान्स एण्ड सर्भिस फ्यामिलिज मन्त्री डा आन्ड्रयू मोरिसनले नेतृत्व गरेका थिए । गोरखा भूतपूर्व सैनिकहरुका तर्फबाट मेजर रिटायर्ड जुदबहादुर गुरुङ, अनसनकारीद्वय धनबहादुर गुरुङ र श्रीमती पुष्पा घले राणा सहभागी भएका थिए ।
वार्तापछि नेपाली दुताबासकी प्रवक्ता उपनियोग प्रमुख श्रीमती रोशन खनालले पहिलो बैठकमा नेपालका तर्फबाट सबै कुराहरु राखेको र बेलायतका तर्फबाट वार्तामा नेतृत्व गर्नुहुने मन्त्रीले आफू भर्खरै नियुक्त भएकाले सबै कुराहरुको अध्ययन गर्ने बताएको जानकारी दिनुभयो । खनालले पहिलो वार्ता सकारात्मक भएको र नोभेम्बरको तेस्रो सातामा अर्को बैठकको मिति तोक्ने सहमति भएको बताउनुभयो ।
वार्तापछि रक्षा मन्त्रालयबाहिर भेला भएका गोरखाहरुलाई सम्बोधन गर्नै मेजर रिटायर्ड जुदबहादुर गुरुङले बेलायती पक्षले पेन्सनलगायतका विषयमा कुरा गर्न नचाहेको खाली वेलफेयरका बारेमा मात्र कुरा गर्न चाहेको तर आफूहरुले पेन्सनलगायत सबै विषयमा वार्ता गर्न माग गरेको बताए । नेपाली राजदुतले पनि गोरखाहरुको सबै विषयमा वार्ताका लागि बेलायती पक्षलाई अनुरोध गरिएको गुरुङले जानकारी दिए । त्यसपछि भने बेलायती पक्षको नेतृत्व गरेका मन्त्री मोरिसनले आफू नयाँ मन्त्री भएकोले यी विषयहरुमा अध्ययन गर्ने केही समय दिन अनुरोध गरेका थिए । बैठकमा अनसनकारीद्वय धनबहादुर गुरुङ र पुष्पा राणा घलेले गोरखाहरुको सबै विषयमा वार्ता नगर्ने हो भने आफूहरु आमरण अनसन बस्न तैयार रहेको बताएपछि बेलायती पक्षले आमरण अनसन नबस्न भनेको पनि घलेले भेला भएका गोरखाहरुलाई बताइन् ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का उपसभापति धर्मबहादुर तामाङले बेलायती पक्षले फेरि पनि पुरानै अडान दोहोर्याएको सुन्दा शुरुमा सकारात्मक नलागे पनि बैठकको निस्कर्षमा मन्त्रीले पुन सबै विषयहरुमा अध्ययन गर्ने, बुझ्ने बताएकाले केही आशावादी भएको बताए ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?