
काठमाडौँ । गायक तथा संगीतकार आरके गुरुङको लय र स्वर रहेको ‘बस है माया’ सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
म्युजिक भिडियो अक्टोबर २८ शुक्रबारका दिन आरके गुरुङको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । नेपालीहरुको महान पर्व तिहारको बिदाइसँगै सुमधुर स्वरका धनी गायक गायिकाहरु रामकुमार गुरुङ, मनोज केसी, जुना श्रीसमगर र स्मृति शाहीले आफ्नो दर्शक स्रोताहरुका लागि मिठो कोशेली सालैजो गीत प्रस्तुत गरेका हुन् ।
विशेषगरी धौलागिरी र गण्डकी क्षेत्रमा धेरै गाइने, नाच्ने र सुन्ने गरेको यो सालैजो भाकाहरु हिजोआज सबै भेगका नेपालीहरुले सुनेर मनोरञ्जन लिने गरेको भेटिन्छ । लेखक मनोज केसीले निक्कै मन छुने मौलिक शब्दहरुले यो सालैजो भाकामा शब्द साथै स्वर दिएका छन् । साथमा गायिका जुना श्रीसमगर र स्मृति शाहीले यस भाकामा आफ्नो स्वर दिएका छन् । यस गीतमा नृत्य निर्देशक दीपेन्द्र तिमल्सिनाले निक्कै स्फूर्त नाचको निर्देशन गरेका छन् ।
गीतमा नेपालकै चर्चित डान्सर शेखर घर्तीमगर, चाहना रानामगर, लक्ष्मी गुरुङ र साथमा दीपक केसीको जोशिलो र फूर्तिलो नाच रहेको छ । साधारणतया नेपालीहरु चाडबाड मनाउन आफ्नो गाउँघर आएर फेरी परदेशिनु पर्दाको विषयलाई लिएर गीत तयार पारिएको कुरा गायक तथा संगीतकार आरके गुरुङ र लेखक तथा गायक मनोज केसीले बताए ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान