
लण्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदमा नियुक्त भएको ४५ दिनमै राजिनामा दिएकी छिन् ।
बिहीबार प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्दै उनले आफ्नो राजिनामा घोषणा गरेकी हुन् ।
उनले आफूले सत्तारुढ कंजरभेटिभ पार्टीको नेता बन्नका लागि पाएको म्याण्डेट पूरा गर्ने अवस्था नभएकाले राजिनामा दिनु परेको उनले बताएकी छिन् ।
कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि भएको प्रतिस्पर्धामा उनले आर्थिक वृद्धिका लागि मुलुकलाई अग्रसर बनाउने बताएकी थिइन् । सोअनुसार करको दायरा घटाएको, उर्जाको चरम मूल्यबाट सर्वसाधारणलाई सहुलियत दिएको उनले बताएकी छिन्।
जटिल परिस्थितिका कारण आफ्ना प्रतिवद्धता पूरा गर्ने अवस्था नभएकाले आजै राजा चार्ल्स तृतीयसित कुरा गरी राजिनामा दिएको उनले बताएकी छिन् ।
उनले नयाँ नेता चयन नहुन्जेलका लागि आफू प्रधानमन्त्री रहने बताएकी छिन् ।
सेप्टेम्बरको पहिलो साता बेलायती प्रधानमन्त्रीमा नियुक्त भएकी बेलायतकी तेस्रो महिला प्रधानमन्त्री ट्रसले नियुक्तिको दोस्रो दिनमै बेलायती महारानीको मृत्यु सामना गर्नुपरेको थियो भने देश शोकबाट मुक्त हुनासाथ उनको नेतृत्वको सरकारले ल्याएको आर्थिक नीतिका कारण बजार अस्तब्यस्त बनेको थियो ।
बुधबारसम्म आफू मैदान छाडेर हिँड्ने होइन चुनौती सामना गर्ने व्यक्ति भएको संसदमा बताउँदै आएकी ट्रसले अचानक पदबाट राजिनामा दिएकी छिन् ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो