
लण्डन । आर्थिक वृद्धिको नारा लिएर आएकी बेलायती प्रधानमन्त्री लिज ट्रसले आफ्नो पहिलो आर्थिक नीतिका महत्वपूर्ण बुँदाहरु नै फिर्ता लिएकी छिन् ।
ट्रिकल डाउन आर्थिक ढाँचा अपनाएकी प्रधानमन्त्री ट्रस र अर्थ मन्त्री क्वाजी क्वाटेङले व्यापारिक प्रतिष्ठान र धेरै तलव हुनेहरुमाथि पूर्ववर्ती सरकारले तय गरेको करको दर घटाएको थियो । अतिविकसित सात राष्ट्रहरुमै बेलायतमा करको दर धेरै भएको भन्दै उनीहरुले आर्थिक वृद्धिका लागि कर घटाउने अपरिहार्य भएको दलिल पेश गर्दै आएका थिए । तर सरकारमा आरोहण भएको ३९ दिनमै मुख्य आर्थिक नीतिलाई छाडेर पुरानै सरकारको आर्थिक नीति पालना गर्न मात्र होइन अर्थमन्त्रीलाई नै हटाउन लिज ट्रस बाध्य भएकी छिन् ।
उनले शुक्रबार आफ्नो लामो समयदेखिको सहकर्मी अर्थ मन्त्री क्वाजी क्वाटेङलाई मात्र हटाइनन् । क्वाटेङले हटाएको कर्पोरेसन कर २५ प्रतिशतबाट १९ प्रतिशतमा झार्ने सरकारको नीति पनि रद्द गरेकी छिन् । यसले सरकारलाई १८ बिलियन पाउण्ड प्राप्त हुने उनले बताएकी छिन् ।
सरकारले यसअघि अक्टोबर ३ मा नै धेरै तलव हुनेहरुका लागि घटाइएको आयकरको दर पनि रद्द गरिसकेको छ ।
तर नीतिहरुको त्याग र अर्थमन्त्रीको फेरबदलीले मात्र लिजको सत्ता बचाउन सक्छ कि सक्दैन हेर्न बाँकी नै छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश