काठमाडौँ । दसैँ लक्षित चलचित्रहरुले अहिलेसम्म दर्शक पाइरहेका छन् । गत असोज ७ गतेदेखि प्रदर्शनरत ‘प्रेम गीत ३’लाई दर्शकले माया गरिरहेका छन् । हिन्दी भाषामा स्वराङ्कन गरेर प्रदर्शन गरिएको उक्त चलचित्र विदेशमा पनि एकसाथ प्रदर्शन भयो ।
सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठलगायत कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रले स्टारभ्यालु, ब्राण्डकै आधारमा राम्रो व्यापार गरिरहेको छ । निर्मातासमेत रहनुभएका सेनकाअनुसार नेपालसँगै भारतमा पनि यस चलचित्रले राम्रो व्यापार गरिरहेको छ । असोज २१ देखि प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’ ले पनि व्यावसायिक सफलता हात परिरहेको चलचित्र प्रस्तुतकर्ता किरण नेपाली जानकारी दिनुहुन्छ ।
उहाँका अनुसार प्रदर्शनको दुई दिनमा ग्रस कलेक्सन रु दुई करोडभन्दा बढी छ । उक्त चलचित्रको लेखन तथा निर्देशनसँगै समीक्षासमेत गर्नुभएका दीपेन्द्र लामा भन्नुहुन्छ, “ चलचित्रले मित्रताको कथा भन्छ । उनीहरुको सम्बन्धमा आउने उतारचढावमार्फत गम्भीर विषयलाई प्रस्तुत गरेका छौँ।”
दर्शक हल आउन थालेपछि निर्माता तथा निर्देशकसँगै प्रदर्शक र वितरक पनि खुसी छन् । चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जन अहिले मनोरन्जनात्मक चलचित्र दर्शकले रुचाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कोरोना भाइरसका कारण भएको लकडाउन पश्चात् दर्शकमा चलचित्रप्रति जागरण निकै बढेको छ ।”महासचिव महर्जन बताउनुहुन्छ, दर्शकमहरु प्रचार सामग्रीमा विश्वस्त नभएसम्म चलचित्रघर आउँदैनन भन्ने पछिल्लो प्रर्दर्शित चलचित्रको व्यापारले देखाएको छ ।”
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम