
लण्डन । बेलायतका अर्थमन्त्री क्वासी क्वाटेङले पूर्वघोषित बजेटमा सार्वजनिक गरिएको करसम्बन्धी व्यवस्थामा संशोधन गरेको बताएका छन् ।
सत्तारुढ कन्जरभेटिभ पार्टीको बर्मिङघममा चलिरहेको सम्मेलन स्थलबाट सोमबार बिहानै एक विज्ञप्ति जारी गर्दै उनले वार्षिक ५० हजार २७१ पाउण्डदेखि १ लाख ५० हजार पाउण्डसम्म वार्षिक आय हुनेहरुका लागि यसअघि सार्वजनिक गरिएको आयकर कटौती फिर्ता लिएको बताएका छन् ।
अर्थमन्त्री क्वाटेङले दश दिनअघि जारी गरेको बजेटमा ५० हजार २७१ पाउण्डदेखि १ लाख ५० हजार पाउण्डसम्म वार्षिक आय भएकाहरुका लागि आयकर ४० प्रतिशतमा झार्ने बताएका थिए । यसअघि पूर्व सरकारले सो आय भएकाहरुका लागि अप्रिल २०२३ देखि ४५ प्रतिशत आयकर लगाउने निर्णय गरेको थियो ।
नयाँ बजेटको घोषणासँगै बेलायतको अर्थतन्त्र अस्थीर बनेको छ । डलरको तुलनमा पाउण्ड इतिहासमै कमजोर बनेको छ भने घर किन्नका लागि तय भएका हजारौँ सम्झौताबाट वित्तीय संस्थाहरुले हात झिक्दा सर्वसाधारणहरुमा त्रास फैलिएको छ।
सरकारको नयाँ बजेटको पार्टीभित्र र जनस्तरबाटै तीव्र विरोध भएपछि सम्मेलन चल्दाचल्दै अर्थमन्त्री क्वाटेङ आफ्नो घोषणा फिर्ता लिन बाध्य भएका हुन् । उनले ‘जनताको चासो र चिन्ता आफूहरुले सुनेको र बुझेको’ कारण सो निर्णय फिर्ता लिएको बताएका छन् ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी