
लण्डन । बेलायतले तेस्रो महिला प्रधानमन्त्री पाएको छ ।
सत्तासीन कंजरभेटिभ पार्टीको नयाँ नेताका लागि भएको मतदानको सोमबार घोषित परिणामअनुसार लिज ट्रसले प्रतिस्पर्धी पूर्व अर्थमन्त्री ऋषि सुनकलाई पराजित गरेकी छिन् ।
उनले ८१ हजार ३२६ मत पाइन् भने सुनकले ६०३९९ मत पाए । पार्टीका कुल मतदाता १ लाख ७२ हजार ४३७ रहेका थिए ।
ट्रस अब बाँकी कार्यकालका लागि प्रधानमन्त्री रहनेछिन् ।
बेलायतले यसअघि मार्गरेट थ्याचर र थेरेसा मेलाई प्रधानमन्त्री पाइसकेको छ ।
लिज ट्रसको जन्म सन् १९७५ मा अक्सफोर्डमा भएको हो । उनका पिता गणितका प्राध्यापक थिए भने आमा नर्स थिइन् ।
उनको पूरा नाम मेरी एलिजावेथ ट्रस हो ।
उनको राजनीति लिबरल डेमोक्रयाट पार्टीबाट शुरु भएको थियो । अक्सफोर्डमा अध्ययन गर्दा उनी कन्जरभेटिभ पार्टीमा प्रवेश गरेकी थिइन् ।
उनी सन् २०१० मा पहिलोपटक सांसदमा निर्वाचित भएकी थिइन् । उनी साउथ वेष्ट नरफोक निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित भएकी थिइन् । उनी सोही क्षेत्रलाई प्रतिनिधित्व गर्दै आएकी छिन् । त्यसअघि सन् २००१ र २००५ को आमचुनावमा उनले पराजय व्यहोर्नु परेको थियो । उनी सन् २००६ मा ग्रीनीच काउन्सिल लण्डनमा काउन्सिलर पदमा निर्वाचित पनि भएकी थिइन् ।
उनले सन् २०१२ देखि सरकारी जिम्मेवारी वहन गर्दै आएकी छिन् । शुरुमा उनी शिक्षा तथा शिशु स्याहार मन्त्रालयमा उपमन्त्री, त्यसपछि वातावरण, खाद्य र ग्रामीण मामिला राज्यमन्त्री, लर्ड चान्सलर, कोष मन्त्री बनिसकेकी छिन् ।
उनले सन् २०१९ मा महिला र समानता मन्त्रीको कार्यभार सम्हालेकी थिइन् भने त्यसपछि अन्तर्राष्ट्रिय व्यापार मन्त्री र सन् २०२१ देखि विदेश मन्त्रीको कार्यभार सम्हाल्दै आएकी छिन् ।
अक्सफोर्ड विश्वविद्यालयबाट राजनीति, अर्थशास्त्र र दर्शनशास्त्रको अध्ययन उनले पूरा गरेकी छिन् ।
राजनीतिमा आउनुअघि उनी उर्जा तथा दुरसन्चार क्षेत्रमा व्यापार प्रबन्धक, आर्थिक निर्देशक र लेखापालका रुपमा एक दशकभन्दा लामो समय काम गरेकी छिन् ।
उनका श्रीमान र दुई छोरी छन् ।
उनको सहलेखनमा पुस्तक समेत प्रकाशित छ ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान