लन्डन । नेपालको महाभूकम्पका कारण दिवगंत हुनेहरुको सम्झनामा बुधवार सांझ हरेकृष्ण मन्दिरमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ । सभामा सहभागी करिब एकसय ५० नेपालीले मौनधारण र मैनवत्ति प्रज्वलन गरेर मृतात्माको चीर शान्तिको कामना गरे । सभामा राष्ट्रिय गान बजाइयो भने मन्दिरका पण्डितहरु अर्जुन पाण्डे, राम पाण्डे र कृष्ण बलरामद्धारा भजन किर्तन र वेद उच्चारण समेत भयो । स्मृतिसभामा स्वतस्फूर्त रुपमा मन्दिर दर्शन गर्न आएका भक्तजनहरु पनि सामेल भए । सहभागीले मौनवत्तिहरु जोडेर बनाइएको नेपालको आकृति र ‘प्रे फर नेपाल’ लेखिएको नाराले झन् भावविव्हल बनाएको बताइरहेका थिए ।
चितवन एड ट्रष्टका उपाध्यक्ष एवं समाजसेवी कृष्ण तिवारीको व्यक्तिगत खर्च एवं संयोजनमा उक्त कार्यक्रम भएको हो । ‘त्यस्तो विपत्तिमा भौतिक तरिकाले सहयोग गर्नु हाम्रो दायित्व छंदैछ, त्यसबाहेक मृतात्माको चीरशान्तिका लागि कार्यक्रम राखेको हुं’, तिवारीले भने ।
उक्त सभामा नेपलिज डक्टर्स एसोसिएसन यूकेका डा. मोहन थापा, नेपलिज नर्सेस एसोसिएसन यूकेकी संस्थापक अध्यक्ष अजिता सिम्खडा, साहित्यकार नारायण गाउंले, नेपलिज ब्रिटिश कम्युनिटीका कमल पौडेल, वाटफोर्ड नेपाली कम्युनिटी अध्यक्ष लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा