लन्डन । लोकप्रिय ब्रिटिश अभिनेत्री जोआना लुम्ले । भूपू गोर्खाहरुकै शब्दमा गोर्खाली चेली उनी । गोर्खा न्यायिक अभियानमार्फत समस्त भूपू गोर्खाहरुलाई आवासीय अधिकार दिलाउन उनको योगदान कम्ती रहेन । सन् २००९ मा आवासीय अधिकार दिलाइदिएपछि धेरैलाई लाग्यो, आफ्ना पितालाई गोर्खाहरुले बचाएका कारण उनी त्यति बढि समर्पित भइन् गोर्खाहरुसंग । तर, यथार्थमा उनी गोर्खाहरुप्रतिमात्र होइन, समस्त नेपाल र नेपाली भनेपछि हुरुक्क छन् भन्ने कुरा अहिले विपत्तिको बेला प्रमाणित भएको छ ।
भूकम्प पीडितहरुका लागि उनले गरेको अपिलबाट एकैदिन तीन अर्व संकलन भयो भने यो क्रम जारी छ ।
१३ प्रमुख यूके सहायता च्यारिटीहरुलाई एकै ठाउं ल्याएको डिजास्टर्स इमरजेन्सी कमिटी (डिइसी) मार्फत उनको अनुनय गत मंगलबारदेखि बीबीसी, आइटिभी, च्यानल फोर, च्यानल ५ र स्काइमा बजिरहेको छ । अपिल गरिरहंदा उनको मन कत्ति खुशी छैन् । पर्दाहरुमा उनको रोमाण्टिक दृश्य हेरिरहेका दर्शकले अपिलमा उनको भित्री रोदन स्पष्ट थाहा पाउनेछन् । ‘केही दिन यता तपाईं हजारौंले नेपालको अकल्पनीय तस्विर देखिरहनुभएको छ । म त्यो हृदय विदारक दृश्य देखेर बडो दुःखी छु’, अपिलमा उनले भनेकी छिन्, ‘नेपाली सार्है कोमल हृदयका हुन् तर यो विपत्तिले उनीहरुमाथि कडा प्रहार गरेको छ ।’ जोआनाले नेपालीहरुलाई यतिखेर मानवीय सहयोग अति आवश्यक परेको जनाउंदै यसमा बेलायती नागरिकले साथ दिने आशा व्यक्त गरेकी छिन् । र, सबैलाई सघाउन अपिल गरेकी छिन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?