
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आठौँ महाधिवेशन सम्पन्न भएको आठ महिनापछि २१ सदस्यीय पदाधिकारी चयन गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको प्रस्तावलाई सर्वसहमतिले पारित गरेको हो ।
माओवादी केन्द्रको गत पुसमा महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशनले अध्यक्षमात्रै चयन गरेको थियो ।
वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा नेता महरा चयन हुँदा महासचिवमा देव गुरुङले जिम्मेवारी पाउनुभएको छ ।
विशेषगरी महासचिव चयनको विषय सबैभन्दा बढी जटिल बनेको माओवादीका नेताहरूको टिप्पणी रहँदै आएको थियो । उपाध्यक्ष महराका अनुसार विशेष महाविधेशनसम्मका लागि पदाधिकारी चयन भएको र नयाँ परिस्थितिमा नयाँ तरिकाले जाने जानकारी दिनुभयो । माओवादीले छिट्टै विशेष महाधिवेशन गर्ने जनाएको छ । यद्यपि त्यस्तो महाधिवेशन कहिले आयोजना हुन्छ भन्ने बारेमा उहाँले केही जानकारी दिनुभएन ।
शनिबार चयन भएका पदाधिकारीहरुमा उपमहासचिवमा हरिबोल गजुरेल, वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र मात्रिका यादव, सचिवमा दीनानाथ शर्मा, चक्रपाणि खनाल,, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की तथा कोषाध्यक्षमा
श्रीराम ढकाल प्रशान्त हुनुहुन्छ ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित