
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित हुनुभएको छ ।
आइतबार बिहान सार्वजनिक मतगणनाको परिणामअनुसार ह्योल्मो अध्यक्षमा ३९ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँको प्रतिस्पर्धी जीवनकुमार राईले ११ मत प्राप्त गरी पराजित हुनुभयो । ५६ मत रहेको महासंघको निर्वाचनमा ५१ मत खसेको थियो ।
महासंघका निवर्तमान महासचिव दिवस राईका अनुसार २१ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डिलबहादुर गुरुङ निर्विरोध निर्वाचित हुनुभयो । त्यस्तै, ७ जना उपाध्यक्षहरुमा क्रमशः अमृतबहादुर सुनुवार ३७ मत, आङ पासाङ शेर्पा ४० मत, चन्द्रलाल राजभण्डारी ३५ मत, रामकुमारसिंह दनुवार ४२ मत ल्याएर निर्वाचित हुुनुभयो । तीनजना उपाध्यक्ष चिनीमाया माझी, मनमाया छन्त्याल र जुनिता राई (शान्ति देवान) निर्विरोध निर्वाचित हुनुभयो ।
सोहीअनुसार महासचिवमा विमल सारु मगरले २९ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँको प्रतिस्पर्धी प्रेम येक्तेनले २० मत ल्याएर पराजित हुनुभयो । त्यस्तै,, उपमहासचिवमा गणेश कुमाल निर्विरोध निर्वाचित हुनुभयो । सोहीअनुसार ८ जना सचिवमा क्रमशः महेन्द्र दुरा २४ मत, सन्तबहादुर चेपाङ २९ मत, शिवचन्द्र मण्डल २५ मत, शैलेन्द्रकुमार ताजपुरिया २४ मत, चकचकी राजवंशी ४१ मत, छेवाङ बुम्छोक गुरुङ २९ मत, जसवी मण्डल २२ मत, बीना मम्बा तामाङ २६ मत ल्याएर निर्वाचित हुनुभयो ।
त्यस्तै, कोषाध्यक्षमा मिङ्मा कामी शेर्पाले २९ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँको प्रतिस्पर्धी खेमराज भुजेल १८ मत प्राप्त गरी पराजित हुनुभयो । सोहीअनुसार सहकोषाध्यक्षमा प्रभातकुमार चौधरी निर्विरोध निर्वाचित हुनुभयो ।
महासंघको ११ औं महाधिवेशन चैत ५ र ६ तय गरिएको भए पनि लम्बिएर निर्वाचनको परिणाम आउन दुई दिन ढिलोगरी ८ गते बिहान कुर्नुपरेको निवर्तमान महासचिव राईले बताउनुभयो । महासंघमा आवद्ध ५६ जातीय संस्थाका प्रतिनिधिहरुबाट एक जातीय संस्थाबाट १ जना मतदाता रहने विधानमा व्यवस्था छ । निर्वाचनमा ५ जना मतदाता अनुपस्थित रहेका थिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा