
लण्डन । गोरखा भूतपूर्व सैनिकहरुले समानताका लागि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी बसेको आमरण अनसनको वर्षगाँठको स्मरण गरेका छन् ।
शुक्रबार लण्डनको ट्राफलगर स्क्वायरमा भेला भएका गोरखाहरुले गतवर्ष अनसन बसेको स्थलमा पुगी आमरण अनसनको स्मरण गरेका हुन् ।
पाँच वटा सैनिक संस्थाबाट प्रतिनिधिमूलकरुपमा आमरण अनसनस्थलमा गोरखाहरु पुगेका थिए । सो अवसरमा उनीहरुले अनसन बस्ने ज्ञानराज राई, पुष्पा राणा घले र धनबहादुर गुरुङलाई सम्मान गरेका थिए भने अनसनमा सघाउने गैरनेपाली नागरिकहरुलाई पनि धन्यवाद दिएका थिए ।
कार्यक्रममा सहभागी गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का कार्यबाहक सभापति धर्मबहादुर तामाङले गोरखाहरुको समस्याबारे नेपाल तथा बेलायत सरकारबीच हुने वार्ताको कार्यविधि तयार गर्न बैठकको मिति तोकिइसकिएकाले गोरखाहरुले साँकेतिकरुपमा मात्र प्रदर्शन गरेको बताए । ‘यदि बैठकको मिति नतोकिएको भए बृहत प्रदर्शन गर्ने तयारी थियो’, उनले भने ।
शुक्रबारको कार्यक्रममा गेसो, गोरखा सत्याग्रह, नेपाल भूतपूर्व सैनिक संघ (नेसा), ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजीडब्ल्यूएस) र गोरखा जस्टिस अभियानले १५/१५ जना प्रतिनिधि सामेल गराएका थिए ।
कार्यक्रम गोरखा जस्टिस अभियानका मेजर उदयबहादुर गुरुङले संचालन गरेका थिए भने गोरखा दुत मेजर रिटायर्ड जुद्धबहादुर गुरुङले वार्ताका बारेमा हालसम्म भइरहेको गतिबिधिका बारेमा जानकारी दिएका थिए ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश