
लन्डन । बेलाइतका भावी प्रधानमन्त्रीका रूपमा हेरिएका नेता ऋषि सुनकले लेखक सलमान रुस्दीलाई अमेरिकामा छुरा प्रहार गरेको विषयमा इरानमाथि प्रतिबन्ध लगाउन आह्वान गर्नुभएको छ ।
आफ्नो पुस्तक ‘द सैटानिक भर्सेस’ लाई लिएर लामो समयदेखि ज्यान मार्ने धम्की खेप्दै आएका रुस्दीलाई शुक्रबार अमेरिकाको वेस्टर्न न्युयोर्क राज्यमा छुरा प्रहार गरिएको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका थुप्रै नेताहरूले उक्त घटनाको निन्दा गर्नु भएको छ । “यदि सलमान रुस्दीमाथिको आक्रमण इरानको अपरेशन हो र आक्रमणकारीले इरानको प्रभावमा यो गरेको हो भने यसले हाम्रो इस्लामिक क्रान्तिको सफलता प्रमाणित गर्छ,“ भनी सुनकले टीप्पणी गर्नु भएको टेलिग्राफ पत्रिकाले उल्लेख गरेको छ।
७५ वर्षीय लेखक रुस्दी सन् १९८१ मा आफ्नो उपन्यास ’मिडनाइट्स चिल्ड्रेन’ बाट चर्चामा आएका थिए । भारतमा जन्मेका लेखकले यो उपन्यासका लागि बुकर पुरस्कार समेत जितेका थिए ।
तर उनको सन् १९८८ को पुस्तक ’द सैटानिक भर्सेस’ का कारण तत्कालीन इरानी क्रान्तिकारी नेता अयातोल्लाह रुहोल्लाह खोमेनी प्रशासनले उनका विरुद्ध फतवा जारी गरेको थियो । सो धम्कीले उनी केही वर्षसम्म भूमिगत थिए ।
यसैबीच, इरानको पछिल्लो राजनीतिक विकासक्रमलाई औंल्याउँदै नेता सुनकले संयुक्त विस्तृत कार्य योजना (जेसीपीओए) भनेर चिनिने इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने उसको प्रयासलाई व्यर्थ प्रयास भन्नु भएको छ ।
उहाँले आणविक हतियार भएको इरानले आफ्नो सहयोगी राष्ट्र इजरायलको अस्तित्वमाथि खतरा उत्पन्न गर्ने र ब्यालिस्टिक मिसाइलका विभिन्न गतिविधिले सिङ्गो युरोपलाई खतरामा पार्ने टिप्पणी गर्नु भएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त