काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराई चयन हुनुभएको छ ।
सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहको निर्वाचनको पराजयको जिम्मेवारी लिँदै गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य बाँस्कोटालाई अध्यक्ष र रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य भट्टराईलाई चयन गरेको हो ।
सो पार्टीका बागमती प्रदेशकी पूर्व संयोजक ३८ वर्षीय बाँस्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार हुनुहुन्थ्यो । बास्कोटा पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाकी छोरी हुन् । पाँचथरबाट तत्कालिन संसदमा निर्वाचित बाँस्कोटा नेपाली काँग्रेसका नेता हुन् ।
यस्तै, ३४ वर्षीय भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख हुनुहुन्थ्यो ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित