
लण्डन । युक्रेन संकटका कारण बन्द भएको बेलायत आगमनका लागि प्राथमिकता (प्रायोरिटी) र अति प्राथमिकता (सुपर प्रायोरिटी) को सेवा आजबाट पुन: शुरु भएको छ ।
बेलायतको भिसासम्बन्धी कार्य गर्ने कम्पनी भिएफएस ग्लोबलका अनुसार आजदेखि विद्यार्थी, कामदार र पर्यटक भिसामा बेलायत आउन चाहनेहरुले यो सेवा लिन सक्नेछन् । तर परिवारको लागि भने यो सेवा निलम्बित अवस्थामा नै छ ।
प्रायोरिटी सेवाबाट पाँच दिनमा भिसा पाउने नपाउने तय हुने छ भने सुपर प्रायोरिटी सेवामा अर्को दिनको कार्यालय समयको अन्त्यसम्ममा निर्णय दिइने छ । यी सेवाहरुका लागि अलग्गै शुल्क भने लाग्नेछ ।
युनि ल्याडर कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत गणेश खड्का यो सेवाले नेपालमा रहेका धेरै विद्यार्थीहरु लाभान्वीत हुने बताउँछन् । उनका अनुसार अहिले विद्यार्थी भिसामा बेलायत आउन चाहनेले भिसाका लागि पाँच हप्तासम्म पर्खिनु परिरहेको छ । ‘अलि धेरै शुल्क त लाग्छ तर भिसा आउन समय लाग्ने भएकाले शैक्षिक वर्ष नै छुट्ने त भएन नि’ उनले भने ।
यी दुवै सेवा नेपालमा भने उपलब्ध छैन । जसका लागि भारत नै जानु पर्ने हुन्छ ।
युक्रेन संकटका कारण नेपालबाट बेलायतको भिसा आवेदन गरेका धेरैले लामो समय पर्खिनु परिरहेकोमा अति छिटो सेवा लिन चाहनेहरुका लागि अब बाटो खुलेको छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश