
लण्डन । मनोक्रान्ति टीम युकेमा कार्य समिति विस्तार गरिएको छ ।
‘सङ्सारलाई बदल्नु छ सुरु आफैँबाट गर्नु छ’ भन्ने नारासहित नेपालका चर्चित युवा दार्शनिक डा योगी विकाशानन्दद्वारा प्रतिपादित मनोक्रान्ति दर्शन बेलायतबासी जनसमुदायमा प्रशिक्षण दिँदै शारीरिक रुपमा स्वस्थ तन्दुरुस्त र मानसिक रुपमा आनन्द प्राप्तिका लागी योग, ध्यान, प्राणयाम, प्रशिक्षण दिनुका लागी एक वर्ष अगाडी योग प्रशिक्षक एवम रेकी मास्टर नगेन्द्र राज नेम्बाङ्गको अध्यक्षतामा मनोक्रान्ती योगा च्यारिटी क्लब फार्नबोरोमा गठन गरिएको थियो । सो कार्यसमितिमा उपाध्यक्ष प्रमिला लाबुङ राई, कोषाध्यक्ष कुमार एसके गुरुङ सदस्यहरुमा छवि सेलिङ, होमा लिम्बु, योग प्रशिक्षक गोपबहादुर सिङ्जाली मगर, युवा सङ्योजक शान्ति लिम्बु, सङ्स्थापक सल्लाहकारहरुमा खड्गजङ आङ्बुहाङ र भक्तिहाङ नेम्बाङ चयन भएका छन्।
नवनियुक्त पदाधिकारीहरुलाई अध्यक्ष नेम्वाङ र सल्लाहकार खड्गजङ आङ्बोहाङ्ले खादा ओडाइ स्वागत सम्मान गरेका थिए ।यही सुनौलो अवसरमा सदस्य गोप बहादुर सिङ्जाली मगरलाई ६० घन्टा योग टिचर्स ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरेकोमा योग टीचरको प्रमाण पत्र प्रदान गरिएको थियो। कोषाध्यक्ष नरेन्द्र तुम्बापोको परिवारिक ब्यस्तताको कारण कोषाध्यक्षको कार्यभार कुमार एस के गुरुङ्लाई सुम्पिएको हो।
योगगुरु नेम्बाङ्को अध्यक्षतामा पुनर्गठित समितिको उपाध्यक्षहरुमा धन कुमार नेम्बाङ, प्रमिला लाबुङ राई, सचिव भगिस्वर फागो चोङ्बाङ, कोषाध्यक्ष कुमार एस के गुरुङ, सदस्यहरु होमा लिम्बु , छबि सेलिङ,योग प्रशिक्षक गोपबहादुर सिङ्जाली मगर र युवा सङ्योजक शान्ति लिम्बु छन्।
अध्यक्ष नेम्बाङले अब चाँडै बेलायतको विभिन्न स्थानहरुमा च्यारिटी योगा कक्षाहरु सन्चालन गर्ने, न्यूनतम सुल्क संकलन गरी नेपालमा रहेका अपाङ्ग असहायहरुलाई सहयोग गर्ने बताए।
सल्लाहकार आङ्बुहाङ र उपाध्यक्ष प्रमिला लाबुङ राईले मनोक्रान्ति अहिलेको आवस्यकता हो हामी सबैले यसबाट लाभ लिन सकौँ र हाम्रो टीमबाट अरुले पनि लाभ लिन सकुन् भन्ने मन्तब्य राखेका थिए। नवगठित सबै पदाधिकारीलाई बधाई शुभकामना आदानप्रदान र धन्यवाद दिँदै अध्यक्ष नेम्बाङले बैठकको समापन गरेका थिए ।

पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम