
काठमाडौँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलीरहेको बताउनुभएको छ ।
जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल, २०२२ को उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्वपूर्ण छलफल भइरहेको बताउनुभयो । उहाँले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई मुलुक निर्माणमा परिचालन गर्न सकिने र त्यसका लागि आफूहरु प्रयासरत रहेको बताउनुभयो ।
नेपाल र जापान बीचको सम्बन्ध पुरानो रहेको भन्दै उहाँले एक सय २० वर्षदेखि नेपाली विद्यार्थी जापानमा अध्ययन गरिरहेको समेत जानकारी दिनुभयो । नेपालको शैक्षिक र आर्थिक विकासका लागि पुर्याएको सहयोगप्रति पूर्वप्रधानमन्त्री दाहालले जापान सरकारलाई विशेष धन्यवाद दिनुभयो । दातृ देशका रुपमा जापान नेपालका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले नेपाल–जापान सहयोगलाई थप विस्तारका लागिसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल–जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफ्नो भ्रमण केन्द्रित रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग आफ्नो विशेष सम्बन्ध र मित्रता रहेको अध्यक्ष दाहालले स्मरण गर्नुभयो । आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनपछि बलियो र स्थिर सरकार गठन हुने विश्वास व्यक्त गर्दै उहाँले विकास र समृद्धिको अभियान निरन्तर अगाडि बढ्ने बताउनुभयो । पाँचदिने जापान भ्रमणका क्रममा अध्यक्ष दाहाल आज त्यहाँ पुग्नुभएको हो ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान