
काठमाडौँ । पूर्वमन्त्री बालाराम घर्तीमगरले सङ्कलन गर्नुभएको ऐतिहासिक दस्तावेजहरुको संग्रह ‘पुर्खाको चिनो’ कृति सार्वजनिक गरिएको छ ।
लेखक तथा अन्वेषक हरिप्रसाद सोढारीले सम्पादन गर्नुभएको उक्त पुस्तकमा १९५७ सालदेखीका पुराना पत्र, हस्तलिखित पुस्तक र केही अन्य दस्तावेज समेटिएका छन् । अनुसन्धानकर्ता, कानुनविद्, राष्ट्रचिन्तक र इतिहासका विद्यार्थीलाई उक्त कृति एकदमै महत्वपूर्ण छ । पाँच खण्डमा विभाजित उक्त पुस्तकमा प्यूठान टुक्रिएर रोल्पा नहुँदैका मालअड्डाका रसिद र तमसुक, मुखिया र जिम्मवालको भूमिका, बाटो र गौडा पार गर्न आवश्यक पर्ने कागज, खुङ्ग्रीका राजासम्बद्ध पत्र, विद्यालयदेखि गोल पोल्न चाहिने पत्रको नमूनासमेत समेटिएको छ ।
हरेक पत्रको अन्तिममा लेखिएको मिति र त्यसको प्रकारबारे सूचना दिइएको छ । दोस्रो खण्डमा अदालतसम्बद्ध पत्रहरू रहेका छन् । जसले त्यतिबेलाको न्याय एवं कानुनका बहुआयामिक पक्षलाई झल्काउँछ । नेपाली कागजका यी पत्रहरूको शीर्ष भागमा प्यूठान अदालत लेखिएको छाप देखिन्छ । कानुन, समाजशास्त्र एवं इतिहासका विद्यार्थीहरूलाई यो खण्ड महत्वपूर्ण देखिन्छ ।
तेस्रो खण्डमा इस्तिहारहरुलाई समावेश गरिएको छ । यसबाट त्यतिबेलाको आदेश, कार्यपद्धतिका बारेमा जानकारी प्राप्त हुने छ । यसको शीर्षभागमा नेपाली, अंग्रेजी र उर्दूभाषामा लेखिएका गोलाकार छापको चिन्ह छ । चौथो र पाँचौँ खण्डमा पूर्वमन्त्री घर्तीमगरको संग्रहमा रहेका अप्रकाशित ज्योतिष र तन्त्रका ग्रन्थहरू छन् । यी हस्तलिखित ग्रन्थहरूबाट ज्योतिष र तन्त्रले समाजलाई कसरी सुरक्षित र सुसुचित गरेको थियो भन्ने संकेत गर्दछ ।
खगोल र भूगोलमा हाम्रो विज्ञान कति परिपक्व थियो भन्ने सूचना उक्त कृतिले दिन्छ । पूर्वमन्त्री घर्तीमगर विगत ६ दशकदेखि राजनीतिमा सक्रिय रहनुभएको छ । उहाँ हालसम्म ११ पटक मन्त्री बनिसक्नुभएको छ ।
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण