
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न तम्तयार अवस्थामा रहेको विमानबाट प्रहरीले एक जना अभियुक्तलाई पक्राउ गरेको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान नं ४०१ विमानमार्फत भारतको मुम्बई उड्न लागेका कैलालीको धनगढीका सन्तोषकुमार लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा लामिछानेलाई विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सो व्यक्ति भाग्न लागेको भन्ने सूचना कैलाली प्रहरीबाट प्रहरी प्रधान कार्यालयलाई सूचना आयो । विमानस्थलबाट विमान चढिसकेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको हो । विमानस्थलबाट हिरासतमा लिएर हाल गौशला प्रहरीमा राखिएको छ, थप अनुसन्धानका लागि कैलाली पठाउने तयारी भइरहेको छ ।”
प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली विमानस्थलबाट अभियुक्तलाई पक्राउ गरेको हो । श्रीमान् श्रीमतीसँगै मुम्बई जान लागेको अवस्थामा पक्राउ गरिएको हो । ब्यूरोको टोलीले विमानस्थल सुरक्षा प्रहरी कार्यालय र नेपाल एयरलाइन्ससँग समन्वय गरी जहाजको उडान रोकेर अभियुक्त पक्राउ गरिएको थियो । सुनचाँदी व्यवसायमा संलग्न अभियुक्त लामिछाने चोरीको घटनामा संलग्न भएको आरोप छ । अनुसन्धान चलिरहेका बेला भाग्न लागेको भन्ने खबर प्रहरीले पाएपछि निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विमानमा चालकदलका सदस्यसहित १४१ सवार रहेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार दिउँसो १ बजेर १० मिनेटको उडानबाट मुम्बई उड्न लागेका अभियुक्त लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल एयरलाइन्सको उक्त जहाज दुई घण्टापछि अर्थात् दिउँसो ३ बजेर १० मिनेटमा मुम्बई उडेको छ । उडान भर्न लागेको विमानमात्रै डिले भएको अन्य उडानमा कुनै अवरोध नभएको महाप्रबन्धक ठाकुरले बताउनुभयो । विमानस्थलको सबै उडान नियमितरुपमा सञ्चालन भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण