
काठमाडौँ । तीन दशकपछि सप्तकोसी नदीले आफ्नो पुरानै धार सोझ्याउँदा उदयपुरको बेलका नगरपालिका र सप्तरीका केही क्षेत्र प्रभावित हुन पुगेको छ ।
विगत केही दिनदेखि पूर्वकेन्द्रित मौसम बदलीका कारण भारी वर्षापछि कोसी नदीमा आएको बाढी आज बिहान ४ बजेदेखि उदयपुरको बेलका नगरपालिकाबाट बस्ती छिरेको हो । बेलका नगरपालिका–८ को डुम्रीबोट र लाहुरे खोच हुँदै कोसीले बस्तीतर्फको बाटो सोझ्यायो । पैँतालीस सालअघि अहिले खोलेको घाँटीबाटै बग्थ्यो कोसी । स्थानीय भन्छन्– “हिजो बाटो बिराएको भन्नु कि पुरानै बाटो पहिल्याएको ? आज आँगनमै बग्यो कोसी अब हाम्रो हालत के हुने हो ?”
यसरी ३४ वर्षपछि कोसीले पुरानै धार सोझ्याएको छ । स्थानीयको स्मरणमा २०४५ सालको भूकम्पपछि कोसीले बाटो बिराएर आफ्नो धार अन्यत्रै सोझ्याएको थियो । त्यसपछि त्यस्तै २०५०/५२ सालतिरबाट त्यस क्षेत्रमा बस्ती बस्न सुरु भएको थियो । अहिले त्यहाँ भरिभराउ घर छन् । यहाँको जनसङ्ख्या १८ हजारभन्दा बढी पुगिसकेको छ । अब अहिले आएर कोसीले फेरि उही पुरानो भङ्गालो पछ्यायो र बस्तीभित्रै छिर्यो ।
यसका कारण त्यस आसपास क्षेत्रका झण्डै दुई हजार परिवार प्रभावित हुन पुगेका छन् । प्रभावित स्थानीयको उद्धार कार्य जारी रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म करिब एक हजार परिवारलाई उद्धार गरिएको छ ।
अझै केही परिवार उद्धारको पर्खाइमा रहेका र उनीहरुको सुरक्षाकर्मी, स्थानीय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा उद्धार जारी रहेको उहाँले जानकारी दिनुभयो । बेलका नगरपालिकाको वडा नम्बर १, २, ८ र ९ मा कोसीको एउटा भङ्गालो पसेको छ । गत वर्ष पनि सोही क्षेत्रबाट कोसी बस्तीमा प्रवेश गर्न लागेको थियो । त्यसबेला अस्थायी तटबन्धले कोसी रोकिएको थियो तर यसपाली भने कोसी धार परिवर्नत गर्न सफल भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार सो क्षेत्रमा पानीको बहाव रोक्न भन्दै तीन हप्ताअघि रु २० लाख पठाएर काम गरिएको थियो । त्यहाँ बनाइएको छेकबारले केही काम गरे पनि त्यसको तल्लो भागबाट कोसी पसेको उहाँले जानकारी दिनुभयो । “विसं २०४५ अघि हिँडेको क्षेत्रबाट पुनः कोसी बगेको, त्यहाँको खेतीबाली पुरेको छ, घर पनि डुबानमा छन्, केही टापुमा मानिसहरु असुरक्षित रहेका जानकारी आएको र उद्धार जारी रहेको छ”, पोखरेलले भन्नुभयो, “उद्धार गरिएकाको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ ।”
आज बिहान मात्रै गृहमन्त्री बालकृष्ण खाँणले बस्ती स्थानान्तरदेखि उद्धार, राहत कार्य तीव्र बनाउन र आवश्यक परेमा हेलिकप्टर परिचालन गर्ने गरी तयारी अवस्थामा रहन निर्देशनसमेत दिनुभएको थियो ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति