
लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासित भेट गरी नेपाल र बेलायतबीच गोरखा भूतपूर्व सैनिकहरुका बारेमा हुन लागेको द्विपक्षीय वार्ताका बारेमा छलफल गरेको छ ।
गेसो सभापति कृष्णकुमार राईको संयोजकत्वमा गएको प्रतिनिधिमण्डल र प्रधानमन्त्री देउवाबीचको बालुवाटारमा भएको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित हुनुहुन्थ्यो ।
भेटमा गेसोको टोलीले नेपाल र बेलायतबीच हुन गइरहेको वार्तामा के कस्तो तयारी भइरहेको छ भन्ने बारेमा प्रधानमन्त्री देउवासित जिज्ञासा राखेको थियो । प्रधानमन्त्री देउवाले वार्ताको मिति तोकिन नसकिएको र सम्भवत जुलाईमा वार्ता शुरु हुनसक्ने सम्भावना रहेको बताएको सभापति राईले जानकारी दिनुभयो । यदि जुलाईमा वार्ता शुरु नभए पनि नेपाल र बेलायतबीच वार्ता भएरै छाड्नेमा आफू आशावादी रहेको पनि प्रधानमन्त्री देउवाले बताएका थिए ।
गेसोको प्रतिनिधिमण्डलले वार्ताका बारेमा सरोकारवाला आफूहरुसित परराष्ट्र मन्त्रालय र बेलायतस्थित नेपाली दुताबासले छलफल नगरेको बारेमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । उनीहरुले सरोकारवालाहरुसित सघन छलफल भएमा वार्तालाई गोरखाहरु र नेपालको पक्षमा बनाउन सजिलो हुने तर्क गरेका थिए । सोको जवाफमा प्रधानमन्त्री देउवाले वार्ता टोलीको संयोजकलाई सरोकारवालाहरुसित छलफल गर्न निर्देशन दिइसकेको बताएका थिए ।
गेसोले गोरखाहरुका सन्तानलाई वंशजको आधारमा नागरिकताको निरन्तरका बारेमा पनि प्रधानमन्त्रीसित माग गरेका थिए । प्रधानमन्त्री देउवाले अहिले नागरिकताका बारेमा छलफल चलिरहेको र आफ्ना नागरिकका छोराछोरीको नागरिकताको अधिकार कसरी संरक्षण गर्ने बारेमा आफूहरु चिन्तित रहेको बताएको सभापति राईले जानकारी दिए ।
समग्रमा प्रधानमन्त्रीसितको भेट सकारात्मक रहेका गेसो सभापति राईले बताए ।
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन