
लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासित भेट गरी नेपाल र बेलायतबीच गोरखा भूतपूर्व सैनिकहरुका बारेमा हुन लागेको द्विपक्षीय वार्ताका बारेमा छलफल गरेको छ ।
गेसो सभापति कृष्णकुमार राईको संयोजकत्वमा गएको प्रतिनिधिमण्डल र प्रधानमन्त्री देउवाबीचको बालुवाटारमा भएको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित हुनुहुन्थ्यो ।
भेटमा गेसोको टोलीले नेपाल र बेलायतबीच हुन गइरहेको वार्तामा के कस्तो तयारी भइरहेको छ भन्ने बारेमा प्रधानमन्त्री देउवासित जिज्ञासा राखेको थियो । प्रधानमन्त्री देउवाले वार्ताको मिति तोकिन नसकिएको र सम्भवत जुलाईमा वार्ता शुरु हुनसक्ने सम्भावना रहेको बताएको सभापति राईले जानकारी दिनुभयो । यदि जुलाईमा वार्ता शुरु नभए पनि नेपाल र बेलायतबीच वार्ता भएरै छाड्नेमा आफू आशावादी रहेको पनि प्रधानमन्त्री देउवाले बताएका थिए ।
गेसोको प्रतिनिधिमण्डलले वार्ताका बारेमा सरोकारवाला आफूहरुसित परराष्ट्र मन्त्रालय र बेलायतस्थित नेपाली दुताबासले छलफल नगरेको बारेमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । उनीहरुले सरोकारवालाहरुसित सघन छलफल भएमा वार्तालाई गोरखाहरु र नेपालको पक्षमा बनाउन सजिलो हुने तर्क गरेका थिए । सोको जवाफमा प्रधानमन्त्री देउवाले वार्ता टोलीको संयोजकलाई सरोकारवालाहरुसित छलफल गर्न निर्देशन दिइसकेको बताएका थिए ।
गेसोले गोरखाहरुका सन्तानलाई वंशजको आधारमा नागरिकताको निरन्तरका बारेमा पनि प्रधानमन्त्रीसित माग गरेका थिए । प्रधानमन्त्री देउवाले अहिले नागरिकताका बारेमा छलफल चलिरहेको र आफ्ना नागरिकका छोराछोरीको नागरिकताको अधिकार कसरी संरक्षण गर्ने बारेमा आफूहरु चिन्तित रहेको बताएको सभापति राईले जानकारी दिए ।
समग्रमा प्रधानमन्त्रीसितको भेट सकारात्मक रहेका गेसो सभापति राईले बताए ।
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]