लन्डन । विनाशकारी भूकम्पले आक्रान्त नेपालमा पीडितहरुको उद्दार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायको उपस्थिति आकासिएको छ । विशेषगरि, बेलायतले मानवीय सहायता तीव्र पारेको छ । बेलायतले आइतबारमात्रै करिब ८० करोड रुपैयां सहयोग गर्ने घोषणा गरेको छ भने सोमबार सांझ क्वीन्स गोरखा इन्जिनियर्सबाट ३१ जनाको टोली उद्दारका लागि नेपाल पठाएको छ । कर्पोरल लाल रानाका अनुसार, गोर्खा फिल्ड स्क्वाडनका कमिसन अफिसर मेजर हेनरीको नेतृत्वमा सो टोली नेपाल गएको हो ।
यस अतिरिक्त रसमोर फायर स्टेशन वाच म्यानेजर साइमन फोर्सटरसहित ह्याम्पसायरस्थित दश अग्नी नियन्त्रक सम्मिलित टोली उद्दारका लागि आइतबार नेपाल प्रस्थान गरेको गेट ह्याम्पसायर न्यूजले जनाएको छ । डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलप्मेन्ट (डिएफआइडी) टाक्स फोर्सको अंगका रुपमा उद्दारका लागि टोली प्रस्थान गरेको हो । तालिमप्राप्त चारवटा कुकुर, औषधि, ११ टन सामाग्री (टर्च, करौंती, डोरी, क्यामेरा, स्ट्रेचर, टेन्ट आदि) र विदेश मन्त्रालयका अधिकारीहरु समेत नेपाल गएका बताइएको छ । ह्याम्पसायर फायर एण्ड रेस्क्यू सर्भिस्का डेपुटी चिफ अफिसर निल ओडिनले नेपालमा सहायता दिन पाउंदा गर्व लागेको भन्दै ट्वीट गरेका छन् । उता, लिसा मे फाउण्डेशन नामक च्यारिटीले दशजना चिकित्सक नेपाल पठाउने भएको छ ।
नेपालीको अत्यधिक बसोवास रहेको रसमोर बरोमा राहत सामाग्री र आर्थिक सहयोग संकलन अभियान शुरु भएको छ । करिब १० हजार नेपाली वसोवास गर्ने ठानिएको उक्त बरोका सर्रे र ह्याम्पसायरमा आर्थिक सहयोग संकलन जारी छ । रसमोर बरो काउन्सिलका प्रमुख कार्यकारी एन्ड्रियु लोयडले कोष अभिवृद्धि अभियानका लागि काउन्सिलले राहत सामाग्री छिटो र प्रभावकारी ढंगले पठाउन आफ्ना साझेदार संस्थाहरुसंग समन्वय गरिरहेको जनाए । उनले गोर्खा वेलफेयर ट्रष्ट, नया युवा समूह र रोटरी जस्ता निकायसंग नजिकबाट काम गरिरहेको पनि उल्लेख गरे । लोयडले नेपालको विपत्तिले आफू दुःखी भएको जनाउंदै रसमोरवासी नेपाली आफ्नो परिवार र आफन्तजनले भोगेको पीडाले आक्रान्त भएका बताए ।
यसैबीच, नर्थक्याम्प मेथोडिष्ट चर्चमा मृतात्माको सम्झनामा मैनवत्ती प्रज्वलन गरि श्रद्धाञ्जलि अर्पण गरिएको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त