
लण्डन । गैरआवासीय नेपाली संघ युकेको वार्षिक साधारणसभा अगष्ट ६ मा हुने भएको छ ।
वर्तमान कार्य समितिले पदभार ग्रहण गरेको ठिक एक वर्ष पुगेको दिन पारेर सो साधारण सभाको आयोजना गरिएको एनआरएनए युकेले जनाएको छ ।
विगतमा वार्षिक साधारण सभाको आयोजना गर्ने प्रचलन थिएन । संघ/ संस्था प्रतिनिधीहरु सहभागी गराइ प्रतिनिधि सभाको मात्र आयोजना गरिन्थ्यो । यस पटक संघ संस्थाका प्रतिनिधिहरुका अलावा गैर आवासीय नेपाली संघका पन्जिकृत सदस्यहरुलाई समेत बोलाएर साधारण सभा आयोजना गर्न लागिएको हो ।
कार्यसमिति जहिले पनि संघका सदस्यहरुप्रति उत्तरदायी हुनु पर्दछ भन्ने मान्यताका साथ सो साधारण सभा बोलाइएको बताइएको छ । ”हामीले पन्जीकृत सदस्यहरु र बेलायतमा रहेको नेपाली संघ संस्था, ब्यापारी बुद्धिजीवीहरु तथा समाजका प्रवुद्ध वर्गलाई राखेर हामी यस अवधिमा गरेका कार्यहरुलाई प्रस्तुत गर्ने तथा आगामी कार्यदिशाका लागी उहाँहरुबाटै सरसल्लाह लिने नीतिअनुरुप यसरी साधारण सभाको बोलाइएको हो”, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरले भने ।
साधारण सभामा कार्य समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान तथा नीतिगत विषयमा छलफल गरिने छ । अध्यक्ष प्रेम गाहा मगरका अनुसार साधारण सभामा गैर आवासीय नेपालीहरुका सरोकारका विषयहरुमा विज्ञहरुलाई बोलाएर विषयगत छलफल गराइने छ । यसका लागि गैर आवासीय नेपाली संघ युकेले आफ्नो तयारी सुरु गरिसकेको कुरा अध्यक्ष गाहा मगरले जनाएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा