
लण्डन । इङ्ल्याण्डको केन्द्रीय बैँक बैँङ्क, बैँक अफ इङ्गल्याण्डले पाँचौँ पटक ब्याजदर वृद्धि गरेको छ ।
बैँकको मौद्रिक नीति समितिले ब्याजदरलाई बढाएर १.२५ प्रतिशत पुर्याउने निर्णय गरेको हो । यसअघि सो दर १ प्रतिशत रहेको थियो ।
यसअघि सन् २००९ मा मात्र बेलायतमा १.२५ प्रतिशत ब्याजदर कायम थियो ।
बैँकले तोकेको यो आधारभूत ब्याजदर मात्र हो । नीजि बैँकहरुले यसलाई आधार बनाएर आफैँ ब्याजदर तोक्ने गर्छन् जुन यसभन्दा बढी रहने गर्दछ ।
बेलायतमा मुद्रास्फिति ४० वर्षकै उच्च छ । जुन अहिले ९ प्रतिशत रहेको छ र भविष्यमा ११ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । उच्च मुद्रास्फितिलाई नियन्त्रण गर्न पनि ब्याजदर बढाउन परेको हो ।
उच्च मुद्रास्फिति विश्वव्यापी अजेण्डा बनेको छ । हालै मात्र अमेरिकाको केन्द्रीय बैँकले ब्याजदर एकैपटक ०.५ प्रतिशतले बढाएको छ ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी