लण्डन । गोरखा भर्तीको दुईसय वर्षको अवसरमा सगरमाथा चढ्न गएका गोरखा सैनिकहरु सकुशल रहेको थाहा भएको छ ।
नेपालमा शनिबार गएको भुकम्प र सगरमाथा आरोहणको मार्गमा आएको हिमपहिरोको बाबजुद गोरखाहरुको टोली सुरक्षित रहेको आरोहणका आयोजकले बताएका छन् ।
आरोहणको आयोजक गोरखा २०० एभरेष्ट कमिटीका अध्यक्ष ब्रिगेडियर इयान रिज्डेनका अनुसार आरोहण दलमा रहेका आरोही र सहयोगी शेर्पाहरु सबै सकुशल छन् ।
रिज्डेनलाई उद्धृत गर्दै स्थानीय केन्ट अनलाइनले लेखेको छ, “आरोहण दलका सगरमाथा क्याम्प १ मा रहेका डेपुटी टिम लिडर आन्ड्रयु टोडसित छोटो सम्पर्क भयो । आरोहण दलका सबै १८ जना सदस्यहरु र शेर्पा भरियाहरु सकुशल छन् ।”
सगरमाथा क्षेत्रमा आएको हिमपहिरोमा परी १८ जनाको मृत्यु भएको र ३० जना घाइते भएको अहिलेसम्मको रिपोर्ट छ ।
“आरोहण दलका एकजना सदस्य जो पछि आधार शिविरमा सहायताका लागि जाँदै थिए उनी बाटैमा छन् र उनी आफैँले परिवारलाई सम्पर्क गरिसकेका छन्” उनले भने ।
१४ जना आरोहण दलका सदस्य र धेरैजसो शेर्पाहरु जो क्याम्प १ मा थिए उनीहरुलाई हेलिकोप्टरले आधार शिविरमा ल्याएको छ । आरोहण दलका तीन सदस्य पहिले नै बाँकी शेर्पाहरुसित आधार शिविरमै थिए ।
आधार शिविर भुकम्पले नचिनिने भएको छ । आधार शिविरलाई सुरक्षित बनाउन गोरखाहरु अरुसित मिलेर काम गरिरहेको बताइएको छ । उनीहरु अरु दुई दिन आधार शिविरमै रहने योजना छ ।
“आरोहण दलका एक सदस्य आधार शिविर पुगेपछि उनीहरु सबै जना पैदल वा अन्य कुनै माध्यमबाट काठमाडौँ फर्किने छन्” उनले भने ।
सगरमाथा क्षेत्रमा करिब ७०० आरोहीहरु रहेको अनुमान छ । त्यसमध्ये करिब ३०० आधार शिविरमा रहेको बताइएको छ ।
सगरमाथा आरोहीहरु कति हताहत भए भन्ने यकिन विवरण आइसकेको छैन । सगरमाथा क्षेत्रमा भएका आरोहीहरुलाई उद्दार गर्ने कार्य जारी छ ।
यसैबीच, टेलिग्राफका अनुसार चीनले तिब्बती क्षेत्रबाट आरोहणका क्रममा रहेका सबै आरोहण दलको आरोहण अनुमति रद्द गरेको छ । चीनले सबै आरोहीहरुलाई फर्कन अनुरोध गरेको छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई