
लण्डन । युक्रेन संकटका कारण बेलायत र रुसको सम्बन्ध चिसिँदै जाँदा अब पत्रकारको तहसम्म पनि प्रतिबन्ध लगाउन शुरु भएको छ ।
रुसी विदेश मन्त्रालयले मंगलबार २९ बेलायती पत्रकारहरुलाई बेलायत प्रवेशमा रोक लगाएको बताएको छ । रुसका विरुद्धमा भ्रामक सन्देश फैलाएकोले उनीहरुमाथि प्रतिबन्ध लगाउनु परेको मन्त्रालयले खुलाएको छ ।
यसरी प्रतिबन्ध लगाइएका गार्डियनका पाँच जना रहेका छन् । जसमा प्रधानसम्पादक क्याथरिन भाइनर लगायत छन् । यस्तै बीबीसी सन्डे टाइम्स, डेली मेल, द इण्डिपेन्डेण्ट, डेली टेलिग्राफ, स्काइ न्युजलगायतका पत्रकारहरु छन् ।
गार्डियनका प्रवक्ताले यो प्रेस स्वतन्त्रतामाथिको कालो दिन भएको प्रतिक्रिया दिएका छन् । यसैगरी रुसले मन्त्री र सेनाका जर्नेल लगायतमाथि पनि प्रतिबन्ध लगाएको छ ।
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने