लण्डन । नेपालको भुकम्पबाट प्रभावितहरुको उद्दारका लागि बेलायतबाट गोरखा सैनिकको पहिलो टोली आज नेपाल प्रस्थान गर्ने भएको छ ।
क्वीन्स गोरखा इन्जिनियर्सबाट ३१ जनाको टोली आज प्रस्थान गर्ने निर्णय भएको त्यहाँ कार्यरत कर्पोरल लाल रानाले जानकारी दिए ।
गोरखा फिल्ड स्क्वाडनका कमिसन अफिसर मेजर हेनरीको नेतृत्वमा सो टोली नेपाल जान लागेको हो ।
सो टोली सम्भवतः आर्मीको सी १३ वा सी १७ जहाजबाट नेपाल उड्ने स्रोतले बतायो । यसअघि आइतबार बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले नेपालका लागि थप सहायता सोमबार पठाइने ट्वीट गरेका थिए ।
रानाका अनुसार इन्जिनियर्सको दोस्रो उद्दार टोली मंगलबार नेपाल प्रस्थान गर्नेछ । दोस्रो टोलीमा नेपाल जाने गोरखा सैनिकहरु अहिले फोकल्याण्डबाट बेलायत आउादै छन् । सो टोलीमा २५ देखि ३० जना हुने उनले बताए ।
यस्तैगरी, तेस्रो टोली पनि तयार गरिएको छ । त्यसमा पनि करिब २५ देखि ३० जना हुनेछन् । “इन्जिनियर्सबाट ९० देखि १०० जना गोरखा सैनिकहरु उद्दारका लागि नेपाल जाँदैछन्” रानाले भने ।
पहिलो टोली उद्दारका लागि चाहिने सामग्रीहरु बिनै जाने र सम्भवतः दोस्रो टोली औजारहरुसहित जाने बताइएको छ ।
यसैगरी, गोरखा सैनिकभित्रैको फस्ट बटालियन र सेकेण्ड बटालियनबाट पनि गोरखा सैनिकहरु उद्दारका लागि नेपाल जाँदैछन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?