लण्डन । नेपालको भुकम्पबाट प्रभावितहरुको उद्दारका लागि बेलायतबाट गोरखा सैनिकको पहिलो टोली आज नेपाल प्रस्थान गर्ने भएको छ ।
क्वीन्स गोरखा इन्जिनियर्सबाट ३१ जनाको टोली आज प्रस्थान गर्ने निर्णय भएको त्यहाँ कार्यरत कर्पोरल लाल रानाले जानकारी दिए ।
गोरखा फिल्ड स्क्वाडनका कमिसन अफिसर मेजर हेनरीको नेतृत्वमा सो टोली नेपाल जान लागेको हो ।
सो टोली सम्भवतः आर्मीको सी १३ वा सी १७ जहाजबाट नेपाल उड्ने स्रोतले बतायो । यसअघि आइतबार बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले नेपालका लागि थप सहायता सोमबार पठाइने ट्वीट गरेका थिए ।
रानाका अनुसार इन्जिनियर्सको दोस्रो उद्दार टोली मंगलबार नेपाल प्रस्थान गर्नेछ । दोस्रो टोलीमा नेपाल जाने गोरखा सैनिकहरु अहिले फोकल्याण्डबाट बेलायत आउादै छन् । सो टोलीमा २५ देखि ३० जना हुने उनले बताए ।
यस्तैगरी, तेस्रो टोली पनि तयार गरिएको छ । त्यसमा पनि करिब २५ देखि ३० जना हुनेछन् । “इन्जिनियर्सबाट ९० देखि १०० जना गोरखा सैनिकहरु उद्दारका लागि नेपाल जाँदैछन्” रानाले भने ।
पहिलो टोली उद्दारका लागि चाहिने सामग्रीहरु बिनै जाने र सम्भवतः दोस्रो टोली औजारहरुसहित जाने बताइएको छ ।
यसैगरी, गोरखा सैनिकभित्रैको फस्ट बटालियन र सेकेण्ड बटालियनबाट पनि गोरखा सैनिकहरु उद्दारका लागि नेपाल जाँदैछन् ।
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण