लन्डन । नेपालमा ७ दशमलव ९ रेक्टर स्केलको शक्तिशाली महाभूकम्पछि देश विदेशबाट राहत एवं उद्दार टोली प्रभावित क्षेत्रमा खटिइरहेकै बेला बेलायतस्थित नेपाली नर्सहरुले पनि साथ दिने भएका छन् । पीडितहरुको उपचारका लागि नेपलिज नर्सिंग एसोसिएसन यूकेकी उपाध्यक्ष प्रसुना कंडेलको नेतृत्वमा नर्सहरु राधिका आचार्य, ज्योति तिवारी र वर्षा वेल्वासे सोमबार नेपाल जाने भएका छन् । उनीहरुले प्रभावित क्षेत्रमा गएर उपचारमा सघाउनेछन् ।
एसोसिएसनको शनिवार बसेको आकष्मिक बैठकले एसोसिएसनकी अध्यक्ष सुशिला कार्की, महासचिव विनोदविकास सिम्खडा र कोषाध्यक्ष रश्मिता दर्लामी सम्मिलित एक विपत्ति सहायता टोली समेत गठन गरेको छ ।
एसोसिएसनले भूकम्प पीडितका लागि तत्काल तीनहजार पाउण्ड दिने निर्णय समेत गरेको छ । उक्त रकममध्ये एक एक हजार काठमाण्डौं र धादिंग एवं एक हजार अत्यावश्यक ठाउंमा खर्च गरिने एसोसिएसनले जनाएको छ ।
संस्थाले एक विज्ञप्ति जारी गर्दै पीडितहरुको आर्थिक सहयोगका लागि कोष अभिवृद्धिमा सक्रिय रुपमा संलग्न हुने पनि उल्लेख गरेको छ । उसले बेलायत र नेपालमा मानवीय सहयोगका लागि अन्य संघसंस्थाहरुसंग समन्वय गर्ने समेत जनाएको छ ।
संस्थाले पीडितहरुका लागि आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबैमा अपिल गरेको छ । संस्थाले विपत्तिप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?