लन्डन । नेपालमा ७ दशमलव ९ रेक्टर स्केलको शक्तिशाली महाभूकम्पछि देश विदेशबाट राहत एवं उद्दार टोली प्रभावित क्षेत्रमा खटिइरहेकै बेला बेलायतस्थित नेपाली नर्सहरुले पनि साथ दिने भएका छन् । पीडितहरुको उपचारका लागि नेपलिज नर्सिंग एसोसिएसन यूकेकी उपाध्यक्ष प्रसुना कंडेलको नेतृत्वमा नर्सहरु राधिका आचार्य, ज्योति तिवारी र वर्षा वेल्वासे सोमबार नेपाल जाने भएका छन् । उनीहरुले प्रभावित क्षेत्रमा गएर उपचारमा सघाउनेछन् ।
एसोसिएसनको शनिवार बसेको आकष्मिक बैठकले एसोसिएसनकी अध्यक्ष सुशिला कार्की, महासचिव विनोदविकास सिम्खडा र कोषाध्यक्ष रश्मिता दर्लामी सम्मिलित एक विपत्ति सहायता टोली समेत गठन गरेको छ ।
एसोसिएसनले भूकम्प पीडितका लागि तत्काल तीनहजार पाउण्ड दिने निर्णय समेत गरेको छ । उक्त रकममध्ये एक एक हजार काठमाण्डौं र धादिंग एवं एक हजार अत्यावश्यक ठाउंमा खर्च गरिने एसोसिएसनले जनाएको छ ।
संस्थाले एक विज्ञप्ति जारी गर्दै पीडितहरुको आर्थिक सहयोगका लागि कोष अभिवृद्धिमा सक्रिय रुपमा संलग्न हुने पनि उल्लेख गरेको छ । उसले बेलायत र नेपालमा मानवीय सहयोगका लागि अन्य संघसंस्थाहरुसंग समन्वय गर्ने समेत जनाएको छ ।
संस्थाले पीडितहरुका लागि आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबैमा अपिल गरेको छ । संस्थाले विपत्तिप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य