लण्डन । अमेरिकाले नेपालमा भुकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै १० करोड (१ मिलियन अमेरिकी डलर ) सहायता उपलब्ध गराउने भएको छ ।
वासिंटन पोष्टका अनुसार अमेरिकाले भुकम्प प्रभावितहरुको उद्धारमा सहयोग पुर्याउन उद्धार टोली समेत नेपाल पठाउने भएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय र अमेरिकी विदेश मन्त्री जोन केरीले भुकम्पले पुर्याएको क्षतिप्रति नेपाललाई सहानुभूति व्यक्त गर्दै सहयोगको प्रतिवद्धता जनाएका छन् ।
केरीले जारी गरेको प्रेस वक्तव्यमा नेपालका जनताको दुःखमा आफूहरु साथै रहेको जनाउँदै सहानुभूति व्यक्त गरेका छन् ।
युएसएडले प्रकोप रेस्पोन्स टीम नेपाल पठाउने तयारी गर्दै गरेको जानकारी गराउँदै केरीले सो टोलीले भुकम्पमा पुरिएकाहरुको खाेजी र उद्धारमा सहयोग गर्ने बताएका छन् ।
यसैगरी अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ताले ब्रेनडेट मिहानले नेपाललाई चाहिने अरु सहायताका लागि अमेरिका तयार रहेको बताइन् ।
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका