लन्डन । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आज शनिवार गएको शक्तिशाली महाभूकम्पपछि नेपालमा मानवीय सहयोग गर्ने उद्घोष गरेका छन् । प्रधानमन्त्री क्यामरुनले सामाजिक सञ्जाल फेसबुकमार्फत विपत्तिप्रति दुःख व्यक्त गर्दै आघात पुग्ने खालको उक्त विपत्तिमा बेलायतले सक्दो सहयोग गर्ने बताएका हुन् । उनले के कति सहयोग भन्ने चाहिं खुलाएका छैनन् ।
७ दशमलव ९ रेक्टर स्केलको उक्त विनाशकारी महाभूकम्पले ठूलो धनजनको क्षति भएको आशंका छ । गृह मन्त्रालयले हालसम्म ८ सय ७६ जनाको मृत्यु भइसकेको जनाएको छ । विवरण आउन बांकी रहेकाले मृतक संख्या अरु बढ्ने अधिकारीहरुले जनाएका छन् ।
क्यामरुनको पोष्टमा धेरै नेपालीले तत्काल सहयोग गरिदिन आग्रह गरेका छन् । नेपलिज नर्सिंग एसोसिएसन यूकेका महासचिव विनोदविकास सिम्खडाले अहिले नेपाललाई तत्काल बेलायती सहयोग आवश्यक परेको जनाउंदै लेखेका छन्, हाम्रा जनताले बेलायती राजमुकुटका लागि धेरै वलिदानी गरेका छन्, आशा छ तपाईंले छिट्टै सहायता टोली नेपाल पठाउनुहुनेछ । त्यस्तै स्कटल्याण्ड निवासी रुविना खनालको आग्रह छ, कृपया नेपाललाई सकेसम्म छिटो सहायता गर्नुस्, हामी बेलायतमा रहेका नेपालीले तपाईंलाई सहयोग गर्नेछौं । खनालले आगामी मे ७ को बेलायती आम निर्वाचन लक्षित गरेकी हुन् ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते