लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले गोरखा भूतपूर्व सैनिकहरुले समानताको माग गर्दै आयोजना गरेको प्रदर्शनमा सहभागी हुन अपील गरेको छ ।
संघका महासचिव राजकुमार त्रिपाठीले एक अपील प्रकाशन गरी गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति युकेले यही अपि्रल ३० तारिखमा लण्डनमा आयोजना गरेको प्रदर्शनमा सामेल हुन युकेका विभिन्न संघ संस्था तथा सर्वसाधारणलाई आग्रह गरेका हुन् ।
लण्डनको केन्द्र भागमा रहेको गोरखा सैनिकको शालिक परिसरमा सो प्रदर्शन हुने बताइएको छ ।
अपीलमा गोरखाहरुको समानताको अभियानमा ऐक्यवद्धता प्रकट गर्न र बेलायत सरकारलाई अविलम्व समस्या समाधानका लागि दबाब दिन प्रदर्शनमा सामेल हुनु पर्ने बताइएको छ ।
एनआरएनए युकेले नेपाल सरकारलाई गोरखाहरुको समस्यालाई गम्भीरतापूर्वक दिई कुटनीतिक माध्यमबाट समस्या समाधानका लागि पहल गर्न र सबै गोरखा संगठनहरुलाई आपसी समन्वय गरी कानुनी बाटो अगाडि बढाउन पनि अनुरोध गरेको छ ।
प्रदर्शनमा संघ संस्थाहरुलाई झण्डा ब्यानर प्लेकार्डसहित आउन पनि भनिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग