
अहमदावाद। बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारत आइपुग्नुभएको छ । उहाँ बिहीबार गुजरात आइपुग्नुभएको भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो । उहाँ बिहबार बिहान गुजरात आउनुभएको र उहाँले यहाँ राजनीतिक तथा अन्य भेटघाट गर्नुहुने जनाइएको छ ।
गुजरातबाट प्राप्त भएको समाचारमा बेलायतका प्रधानमन्त्री जोनसनले आज नै यहाँका व्यावसायिक प्रतिनिधिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । गुजरात भारतीय मूलका बेलायती नागरिकहरुमध्ये करिब आधाजति नागरिकहरुको जन्मस्थल हो । गुजरातमा उहाँले व्यापारिक समुदायका नेताहरुसँगको भेटघाटका क्रममा भारत र बेलायतका बीचको लगानीका विषयमा कुराकानी गर्नुहुने बताइएको छ ।
उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्ताका लागि शुक्रबार राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुहुने जनाइएको छ । यसअघि प्रधानमन्त्री जोनसनले भारत भ्रमणको कार्यक्रम सार्वजनिक गरेको भए पनि कोरोना भाइरसको प्रकोपका कारण दुई पटकसम्म स्थगित भएको थियो ।
भारत र बेलायतमा नै कोरोना भाइरसको बढ्दो प्रकोपबाट ठूलो क्षति पुगेको थियो । यस पटक पनि उहाँले भारतमा रहँदा यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ताका क्रममा खासगरी आर्थिक लगानी, व्यापारिक साझेदारी, प्रतिपक्षा र जनता जनताबीचको सम्पर्क एवं हरित गृहलगायतका विषयमा आवश्यक छलफल र द्विपक्षीय सम्झौता गर्ने कार्यक्रम रहेको छ ।
साथै यस भ्रमणका क्रममा उहाँहरुका बीचमा रुसले युक्रेनमाथि गरेको सैन्य हमलाका विषयमा पनि कुराकानी हुने भएको बताइएको छ । बेलायतले रुसले गरेको आक्रमणको विरोध गरिरहेको छ । प्रधानमन्त्री जोनसन हालैमात्र युक्रेनको राजधानी किभ पुग्नुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा