लण्डन । मगर संघ युकेको सातौँ महाधिवेसन अप्रिल ९ मा हुने भएको छ ।
हरेक तीन वर्षमा हुने महाधिवेसनले संघको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै नीति निर्माण गर्ने गर्दछ ।
संघका अध्यक्ष सुनिल रानाका अनुसार फार्नब्रोस्थित सामुयल कोडी स्पोर्टस सेन्टरमा सातौँ महाधिवेसन आयोजना गरिने छ ।
संघको नयाँ नेतृत्व चयनका लागि चार्टर्ड फाइनान्सियल एडभाइजर मिन दर्लामीको संयोजकत्वमा पाँच सदस्सीय निर्वाचन समिति पनि गठन गरिएको छ । सो समितिमा पूर्व महासचिव बम थापा सूर्यवंशी, केन्ट शाखाका पूर्व अध्यक्ष क्याप्टेन रिटायर्ड रामबहादुर पुन, सल्लाहकारद्वय देवी आले र नरेश खपाङ्गी सदस्य रहेका छन् ।
निर्वाचन समितिले मतदाताको पहिलो नाम प्रकाशन गरिसकेको छ भने मार्च १४ तारिख साँझ ५ बजेसम्म मतदाताको नामावलीमाथि दाबीविरोध र सच्याउने, मार्च १६ तारिख अन्तिम मतदाता नामावली प्रकाशन, मार्च १९ देखि मार्च २१ तारिख साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन, २१ मार्च राति ९ बजे उम्मेदवारीको पहिलो नामावली प्रकाशन, २८ मार्च साँझ ५ बजेसम्म उम्मेदवारीमाथि दाबीविरोध र फिर्ता लिने र ३० मार्च साँझ ५ बजे अन्तिम उम्मेदवारी प्रकाशन गर्ने कार्यक्रम राखेको छ ।
निर्वाचन भएको अवस्थामा अप्रिल ९ तारिख बिहान ११ बजेदेखि ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।
महाधिवेसनमा १२ वटा शाखाका साथै संघका ट्रष्टीहरु, आजिवन सदस्यहरुले मतदान गर्नेछन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो