लण्डन ।नेपाल सरकारले गोरखा भूतपूर्व सैनिकका समस्याका बारेमा बेलायत सरकारसित वार्ता गर्न समिति बनाएको छ ।
मन्त्रिपरषद्को हालै बसेको बैठकले सो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता, सूचना तथा सन्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधवार सार्वजनिक गर्नुभएको नेपाल सरकारका निर्णयहरूमा बेलायतसित वार्ताको लागि राजदुतको नेतृत्वमा वार्ताटोली गठन गर्ने उल्लेख छ ।
‘भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुका सम्बोधन हुन बाँकी मागहरुबारे संयुक्त अधिराज्य सरकारसँग वार्ता गर्न संयुक्त अधिराज्यका लागि नेपाली राजदूतको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने’ मन्त्री परिषदको निर्णयमा भनिएको छ ।
पूर्व गोरखाहरूको समेत सहभागितामा हुने सो वार्ता टोलीका अन्य सदस्यहरूका बारेमा केही बताइएको छैन ।
परराष्ट्र मन्त्रालयले वार्तामा भाग लिन तीन जनाको नाम मागे पनि गोरखाहरू मेजर जुदबहादुर गुरूंगको नाममा मात्र सर्वसम्मतिमा पुगेका छन् ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी