लन्डन । प्राज्ञिक र अनुसन्धानकर्ताहरुको एउटा संगठन ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल (बीएनएसी) को आयोजनमा लन्डनमा १३ औं नेपाल अध्ययन दिवस सम्पन्न भएको छ । सोआस्, साउथ एसिया इन्स्टिच्युटको सहयोगमा
अप्रिल १६ र १७ मा कार्यक्रम भएको हो ।
प्रत्येक वर्ष आयोजना गरिने नेपाल अध्ययन दिवसमा नेपालसंग सम्वन्धित विषयले प्राथमिकता पाउंछन् । बीएनएसीका महासचिव डा. कृष्ण अधिकारीका अनुसार नेपाल अध्ययन दिवसमा यसपटक विभिन्न ९ सेसनमा २८ वटा नेपाल सम्वन्धि कार्यपत्र प्रस्तुत भए ।
लन्डन रसेल स्क्वायरस्थित सोआस् भवनमा आयोजित सम्मेलनमा जलवायु परिवर्तन र वातावरण, नेपाल र खाडी, सांस्कृतिक धरोहर, स्वास्थ्य, द्धन्द्धपछिको अवस्था, यूकेका नेपाली र भुटानी लगायत विषयमा प्रस्तुत कार्यपत्रमाथि वहस गरिएका थिए ।
‘विदेशीमाझ नेपालबारे थप व्याख्या गर्न, नेपाल विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थान प्रदान गर्न र नेपालका लागि केही गर्न सकियोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो’, डा. अधिकारीले जनाए ।
उक्त सम्मेलनमा सहभागी नेपाल, बेलायत र युरोपेली मुलुकका पोष्ट ग्रयाजुएट विद्यार्थी देखि वरिष्ठ प्राध्यापक र अनुसन्धानकर्ताहरुसम्मले कार्यपत्रमाथि वहस गरेका थिए । सहभागीबीच १६ अप्रिल सांझ लन्डनस्थित नेपाली दूतावासले एक रिसेप्सन समेत आयोजना गरेको थियो ।
अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक प्रा. डा. सूर्य सुवेदी संस्थापक अध्यक्ष रहेको उक्त संगठनमा नेपालका शुभचिन्तक बेलायती, नेपाल गएर अनुसन्धान गर्ने बेलायती विद्यार्थी, प्राध्यापक र प्राज्ञिक व्यक्तित्वहरुको वाहुल्यता छ । तर, संगठनले नेपाल अध्ययन दिवसकै अवसरमा सदस्यता सम्वन्धि विधान संशोधन गरेर अब केही खुकुलो बनाएको छ ।
बीएनएसीले आगामी वर्ष लिभरपुल जोनमुर युनिभर्सिटीमा यस्तै खालको नेपाल अध्ययन दिवस आयोजना गर्ने तय गरेको छ ।
यसै वर्षको १२ नोभेम्बरमा नेपाल सम्वन्धि एनुअल नेपाल लेक्चर कार्यक्रम हुने भएको छ भने अर्को वर्ष बेलायतमा दुईवटा नेपाल लेक्चर कार्यक्रम र काठमाण्डौंमा बेलायत नेपाल सम्वन्धबारे कार्यशाला गर्ने तय गरेको छ । २२ देखि २४ जुलाई, २०१५ मा नेपाल र हिमालय सम्वन्धि काठमाण्डौं सम्मेलन गर्न पनि संगठनको संलग्नता रहनेछ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च