लण्डन । बेलायती सेनामा छ वर्ष वा सोभन्दा बढी अवधि काम गरेका गोरखा सैनिकहरूलाई सेवापश्चात बेलायतको आवासीय अधिकारका लागि आवेदन गर्दा लाग्ने शुल्क हटाइएको छ ।
बेलायती रक्षा मन्त्री बेन वालिसले ‘छ वर्ष वा सोभन्दा बेलायती सेनामा काम गरेका सैनिकहरूलाई बेलायतमा बसोबासका लागि आवेदन गर्दा लाग्ने शुल्क हटेको घोषणा गर्न पाउँदा हर्ष लागेको’ बताएका छन् ।
बेलायतको गृह तथा रक्षा मन्त्रालयको संयुक्त पहलमा बेलायती सेनामा कार्यरत ग़ैरबेलायती सैनिकहरूलाई बेलायतको आवासीय अधिकार आवेदन गर्दा लाग्ने शुल्क हटाइएको हो। यो निर्णयको बुधवार (आज) औपचारिक घोषणा हुँदैछ ।
सरकारको यो निर्णयबाट गोरखा सैनिकहरूका साथै फिजियन र कमनवेल्थ मुलुकका बेलायती सेनामा कार्यरत सैनिकहरू लाभान्वित हुनेछन्।
बेलायती सेनामा करिब ७ प्रतिशत हिस्सा गैरबेलायती सैनिकको छ ।
उनीहरूले सेवाबाट अवकाश पाएपछि बेलायतमा बसोबासका लागि आवेदन दिंदा लाग्ने शुल्क महंगो भएको भनी आलोचना हुँदै आएको थियो । चारजनाको परिवारको भिजा फी करिब १० हज़ार स्टर्लिंग पाउण्ड लाग्ने गरेको छ । नयाँ निर्णयबाट सैनिकहरूले करिब २ हज़ार ४०० पाउण्ड सहुलियत पाउने छन् ।
बेलायत सरकारले सैनिकहरूको परिवारको भिजा फ़ी भने यथावत राखेको छ । सो कदमको बेलायतकै सांसदहरूले आलोचना गरेका छन् ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित