काठमाडौं । पछिल्ला केही दिनयता एक दर्जनभन्दा बढी देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न निर्देशन दिएका छन् ।
रुसले कुनै पनि बेला युक्रेनमाथि आक्रमण गर्ने अमेरिकी सूचनालाई आधार बनाउँदै ती राष्ट्रले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेका हुन् ।आफ्ना नागरिकलाई युक्रेन छोड्न निर्देशन दिने राष्ट्रहरुमा अमेरिका, इराक, जर्मनी, क्यानडा, बेलायत, अष्ट्रेलिया, इटाली, इजरायल, नेदरल्याण्ड्स, जापान लगायत छन् ।
पछिल्ला महिनाहरुमा रुसले युक्रेनको सीमा नजिक ठूलो संख्यामा सैनिक र अत्याधुनिक हातहतियार तैनाथ गरेपछि आक्रमणको आशंका गरिएको हो ।
अमेरिका लगायत पश्चिमी देशहरुले अहिले रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेको र त्यो जुनसुकै बेला हुन सक्ने बताउँदै आएका छन् ।
रुसले भने पश्चिमी राष्ट्रहरुको भनाईमा सत्यता नभएको बताउँदै आएको छ । युक्रेनमाथि आक्रमण गर्ने कुनै तयारी नभएको रुसले बताएको छ ।
अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार रुसले युक्रेनको सीमामा अहिले एक लाख २० हजारभन्दा बढी सैनिक तैनाथ गरेको छ । युक्रेनको सीमामा ठूलो संख्यामा ट्याङ्क, लडाकु विमान समेत रुसले तैनाथ गरेको जनाइएको छ ।
युक्रेनलाई सहयोग गर्न पश्चिमी देशहरुले हातहतियार पठाइरहेका छन् । नेटोले पनि युक्रेनलाई सहयोग गर्ने जनाएको छ । अमेरिकाले त आफ्ना साढे ८ हजार सैनिकलाई हाई अलर्टमा राखेको छ ।
रुस र युक्रेनबीच युद्धको खतरा बढ्दै गएपछि पछिल्ला दिन आफ्ना नागरिकलाई युक्रेन छोड्न निर्देशन दिने राष्ट्रको संख्या बढ्दै गएको हो ।
अमेरिकाले युक्रेनको कियभमा रहेको दूतावास खाली गर्ने तयारी गरेको छ । क्यानडाले पनि कियभस्थित दूतावासमा रहेका आफ्ना नागरिकलाई पश्चिमी युक्रेनमा रहेको लिभिभमा सह।मा सार्ने घोषणा गरेको छ ।
यदि रुसले युक्रेनमाथि आक्रमण गरे ५० हजारभन्दा बढी सर्वसाधारणले ज्यान गुमाउने चेतावनी अमेरिकाले दिंदै आएको छ । यसैकारण अहिले आफ्ना नागरिकलाई युक्रेन छोड्न बिभिन्न देशहरुले निर्देशन दिएका हुन् ।
शक्ति राष्ट्रहरुले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्न सुरु गरिसकेको अवस्थामा युक्रेनमा नेपालीको अवस्था के छ ? कति नेपाली छन् ? भन्नेबारे परराष्ट्र मन्त्रालयले बुझ्दै गरेको बताएको छ ।
‘अहिलेसम्म यहाँ खतरा छ वा हामी खतरामा छौं भनेर युक्रेनबाट कसैले पनि सम्पर्क गरेको छैन,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘युक्रेनमा के कति नेपाली हुनुहुन्छ भन्ने हामी बुझ्दै छौं ।’
युक्रेनमा कति नेपाली कुन कुन स्थानमा छन् भन्ने तथ्याङ्क नेपाल सरकारसँग छैन ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएपछिको ६ महिनामा १३५ जना नेपाली श्रम स्वीकृति लिई युक्रेन गएका छन् ।
विभागका अनुसार साउनमा २२, भदौमा २५, असोजमा २५, कात्तिकमा ११, मंसिरमा २४ र पुसमा २८ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा युक्रेन गएका छन् ।
यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ८ जना, २०७६/७७ मा २४ जना र २०७७/७८ मा ५३ जना नेपाली श्रम स्वीकृति लिई युक्रेन गएको देखिन्छ । पछिल्लो साढे तीन वर्षको अवधिमा वैधानिक बाटोबाट २२० जना नेपाली युक्रेन गएका छन् । तर यीमध्ये कति युक्रेनमा छन् र कति स्वदेश फर्किसके भन्ने तथ्याङ्क सरकारसँग छैन ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने