म्याड्रिड। स्पेनका राजा फिलिप छैठौंलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्पेनी दरबार स्रोतले जानकारी गराएको छ । उहाँलाई कोभिड सङ्क्रमण पुष्टि भएपनि सामान्य लक्षणहरू मात्र महशुस भएको बुधबार बताइएको छ ।
सङ्क्रमणका हल्का लक्षणहरू देखिएपछि ५४–वर्षीय राजाले मङ्गलबार कोभिड सङ्क्रमण परीक्षण गराउनुभएको थियो । उहाँ एक हप्तासम्म अलग्गै बस्नुहुने र यस अवधिमा आफ्नो आवासबाट ‘आफ्ना संस्थागत क्रियाकलापहरू’ गर्नुहुने बताइएको छ ।
स्पेनी नरेशले बुधबार नै म्याड्रिडमा बोस्नियाली राष्ट्रपतिका क्रोएसियाली प्रतिनिधिजेल्ज्को कोमसिकसँग भेटवार्ता गर्नुभएको थियो ।
राजा फिलिपले २०२१ मे महिनामा कोभिड–१९ विरूद्धको पहिलो मात्रा खोप लगाउनुभएको दरबारका अधिकारीले बताएका छन् । एएफपीले उहाँले अन्य खोप लगाउनुभयो वा भएन भन्ने बारे फोनमार्फत् सोधिएको प्रश्नमा ती अधिकारीले थप खोपबारे कुरा गर्न चाहनुभएन ।
नरेशलाई कोभिडको सङ्क्रमणपछि सामान्य लक्षण देखिएपनि रानी लेटिजिया र कान्छी छोरी सोफियामा भने लक्षणहरू देखिएका छैनन् । उहाँहरूले सामान्य रूपमा आफ्ना क्रियाकलापलाई जारी राख्नुहुनेछ । उहाँहरूकी जेठी छोरी लियोनरले भने वेल्सस्थित एक आवासीय विद्यालयमा पढिरहनुभएको छ ।
कोभिड–१९ संक्रमण दर घटेको र अस्पतालहरूमा कोभिड सङ्क्रमित विरामीको चाप कम भएपछि स्पेनले बिहीबारदेखि घरबाहिर हिँड्दा अनुहारमा मास्क लगाउनुपर्ने नियमलाई अन्त्य गर्दैछ । यो उपायले अत्यधिक सङ्क्रामक ओमिक्रोन भेरिएन्टद्वारा उत्प्रेरित संक्रमणहरूको वृद्धिबीच गत डिसेम्बरमा लिएको कोभिड नियन्त्रणको नियमलाई अन्त्य गर्नेछ । स्पेनमा सार्वजनिक यातायात लगायतका भित्री सार्वजनिक स्थलसमेतमा मास्क प्रयोग गर्नु अनिवार्य गरिएको छ ।
अहिलेसम्म स्पेनमा एक करोड चार लाखभन्दा बढी सङ्क्रमित भएका र ९५ हजारको मृत्यु भइसकेको छ ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न