काठमाडौं । नेपाली मौलिक गीतहरुको संगालो रोधीघर (चुड्का र कौह्रा) को भाग ३ को छायांकन सकिएको छ ।
बेलायतबाट सञ्चालित गोर्खा मिडियाका प्रबन्ध निर्देशक तमु र गायक, संगीतकार तथा रचनाकार रामकुमार (आरके) गुरुङको नयाँ म्यूजिक भिडियोको मंगलबार काठमाडौंको धापासीस्थित मेगा सिटी हाइटमा छायांकन गरिएको हो ।
गीतको छायांकन कार्यक्रममा तमु प्ये ल्हु संघ यूकेका प्रमुख संरक्षक मेजर खुसीमान गुरुङ (एमभिओ), उहाँकी धर्मपत्नी मञ्जु गुरुङ, युवा व्यवसायी विजय गुरुङ, हङकङ निवासी चलचित्रकर्मी सुवास गुरुङलगायत पनि सामेल भएका थिए ।
मिलन तमुको शब्द रहेको गीतमा स्वर आरके गुरुङ र तारा श्रीस, पबित्रा गुरुङ र प्रितम गुरुङको रहेको छ भने लय आरके गुरुङले गरेका छन् । एरेन्ज तेजेन्द्र गुरुङ, छायांकन शम्भू चालिसे, श्रृंगार अनु गुरुङ, निर्देशक तथा कोरियोग्राफर दिप गुरुङको रहेको छ भने नृत्यमा पश्चिमाञ्चल कल्चर ग्रुपको रहेको गायक आरके गुरुङले जानकारी दिए । उनका अनुसार रोधीघर भाग ३ अर्को हप्ता रिलिज गर्ने तयारी रहेको छ ।
रोधीघर भाग १ र २ को अपार सफलतापछि गीतकार एवम् सञ्चारकर्मी तमुले अर्को भाग प्रस्तुत गरेका हुन् । भूपू ब्रिटिस आर्मी तमु र आरके गुरुङले २०७५ सालमा रोधिघर भाग २ ल्याएका थिए । ‘पहिलो र दोस्रो भाग धेरैले मन पराउनुभयो । त्यसैले नयाँ भाग तयार गर्दैछौं,’ गीतकार तमुले भने । यसअघि नै रोधिघर भाग ३ ल्याउने तयारी भए पनि कोरोना भाइरस महामारीका कारण ढिला भएको तमुको भनाइ छ ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान