लण्डन । कोरोना भाइरस नियन्त्रणका लागि बेलायतमा राष्ट्रव्यापी लकडाउन चलिरहँदा बेलायती प्रधानमन्त्रीको कार्यालयमा भने १६ वटा पार्टी आयोजना भएको पाइएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो कार्यालयमा त्यस्ता पार्टीहरु आयोजना गरिएको समाचार सार्वजनिक भएपछि त्यसबारे छानविन गर्न सरकारका सचिव सु ग्रेलाई छानविनको जिम्मा दिएका थिए । ग्रेले आज प्रधानमन्त्री जोन्सनलाई बुझाएको बहुप्रतीक्षीत प्रतिवेदनको संशोधित प्रतिमा सो कुरा उल्लेख छ ।
सन् २०२० मे १५ देखि १६ अप्रिल २०२१ सम्ममा प्रधानमन्त्री कार्यालय मातहतका विभिन्न स्थानमा त्यस्ता पार्टीहरु आयोजना भएको प्रतिवेदनमा उल्लेख छ । जसमा प्रधानमन्त्री जोन्सनको जन्मदिन, उनका विशेष सल्लाहकार डोमिनिक कमिङको बहिर्गमन, क्रिसमस, प्रधानमन्त्रीका कार्यालयका विभिन्न कर्मचारीहरुको विभिन्न समयमा विदाईका अवसरमा त्यस्ता पार्टीहरु आयोजना भएको बताइएको छ ।
तीमध्ये १२ वटा पार्टीहरुमा लण्डन प्रहरीले अनुसन्धान गरिररहेको बताइएको छ ।
आफूले चाहेजस्तो प्रतिवेदन प्रहरी अनुसन्धानका कारण दिन नसकेको सचिव ग्रेले बताएकी छिन् भने कसैलाई व्यक्तिगतरुपमा दोषारोपण नगरी प्रधानमन्त्री कार्यालयअन्तर्गतका विभिन्न विभागीय नेतृत्वको असफलता र विवेक प्रयोग गर्न नसकेको निस्कर्ष निकालेकी छिन् ।
‘कतिपय पार्टीहरु आयोजनाका लागि अनुमति दिनै हुँदैनथ्यो’ उनले भनेकी छिन् ।
उनले सो रिपोर्ट तयार गर्नका लागि ७० जनासित अन्तर्वार्ता गरेकी थिइन् ।
सो प्रतिवेदनले सत्तारुढ टोरी पार्टी र बेलायतको राजनीतिमा के कस्तो प्रभाव पार्छ आगामी दिनमा खुल्दै जानेछ
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह