लन्डन । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारी गरिरहेका ८४ वर्षीय वृद्ध आरोही मिनबहादुर शेरचनको आर्थिक सहयोगका लागि बेलायतवासी नेपाली जुटेका छन् । गैर आवासीय नेपाली संघ, बेलायतको अग्रसरतामा आरोही शेरचनका लागि आर्थिक संकलन अभियान शुरु गर्न लागिएको हो ।
अभियानका संयोजक एवं एनआरएनए यूके सल्लाहकार ज्ञान शेरचनले अभियानबारे जानकारी दिन यही शनिवार गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नवोरोमा पत्रकार सम्मेलन डाकेका छन् । शेरचनको आरोहणका लागि करिब ७५ लाख रुपैयां आवश्यक भएकाले बेलायतबाट अभियान शुरु गर्न लागिएको संयोजक सल्लाहकार शेरचनले जनाए । सम्वन्धित निकायलाई हालसम्म करिब १७ लाख रुपैयां तिरिसकिएको छ ।
सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका शेरचनको रेकर्ड अर्का ८० वर्षीय जापनीज आरोही युचिरो म्यूराले तोडिदिएपछि शेरचन आफ्नो विश्व रेकर्ड पुनः कायम राख्न यसपटक कस्सिएका हुन् । ८१ वर्षमा फेरि सगरमाथा चढ्ने उनको प्रयास खराव मौसमका कारण असफल भएको थियो । ‘इच्छा शक्ति भए उमेरले केही काम गर्न रोक्दैन भन्ने प्रमाणित गर्न चाहन्छु’, शेरचन भन्छन् ।
नेपाल सरकार, संस्कृति पर्यटन नागरिक उड्ययन मन्त्रालय पर्यटन विभागले शेरचनलाई ७५ दिनको समयावधि दिएर आरोहण अनुमति दिइसकेको छ ।
हिमालयन गाइड्स नेपाल ट्रेक्स् एण्ड एक्सपिडिसन प्रा. लि. ले शेरचनलाई सगरमाथा आरोहणमा साथ दिंदैछ । शेरचनले आगामी साता लुक्ला हुंदै आफ्नो यात्रा थाल्ने कार्यक्रम छ ।
म्याग्दी स्थायी घर भएका शेरचन केही महिना अघि बेलायत भ्रमणमा आउंदा एनआरएनए यूकेले आफ्नो विशेष साधारणसभामा करिब ७ सय पाउण्ड संकलन गरेको थियो । शेरचनको आर्थिक अवस्था दयनीय भएकाले बेलायतवासी सबैलाई सहयोग गर्न संयोजक शेरचनले अपिल गरेका छन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च