काठमाडौँ । बेलायतमा रहेर गीत सिर्जनामा लागिरहेका सर्जक ईश्वर चाम्लिङको शब्द तथा गायिका सुष्मा राई र गायक शिवसंगम राईको स्वरमा ‘विश्वासको घर’ सार्वजनिक भएको छ ।
सो गीतमा शिवसंगम राईको संगीत र सुन्दर लामाको संगीत संयोजन रहेको छ ।
मायामा रहेका प्रेमिल जोडी बीचको प्रेमको भावलाई चित्रण गरिएको छ । नेपाली मौलिक पनमा तयार पारिएको भिडियोमा प्रेमको सुन्दर परिभाषालाई कलात्मक रुपमा भिडियोमा देखाइएको छ ।
भिडियोमा अनिलकुमार मान्धरको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा जसबहादुर याक्खाको निर्देशन छ ।
‘विश्वासको घर’ गीतको भिडियोमा प्रिया रानी लामा र प्रवीण डिसीको जिवन्त अभिनय देख्न सकिन्छ ।
गीतको भिडियोलाई ओएसआर डिजिटलले बजारमा ल्याएको छ ।
‘विश्वासको घर’ गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक