अंकारा । चिकित्सकले मृत घोषित गरेका एक शिशु दाह संस्कारको तयारीका क्रममा चिच्चाउन थालेपछि टर्कीका एक दम्पत्ति चकित परेका छन् । टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरुले शिशु जन्मिदै मृत भएको बताएपछि ३२ वर्षीया मेलिक सेर्ट र उनका ३४ वर्षीया हसन सर्ट विक्षिप्त बनेका थिए ।
पाँच महिनामा यही २ जनवरीमा जन्मिएका ती शिशु जन्मदै मृत भएको भन्दै चिकित्सकहरुले ‘मृत्युको प्रमाण पत्र’ दिएका थिए । शिशुको समय नपुगी जन्मिएको अर्थात मिसक्यारिज भएको चिकित्सकहरुले बताएका थिए ।
चिकित्सकले दिएको प्रमाण पत्र गोजीमा राखेर बाबु शिशुलाई पुर्न खाल्डो खनिएको स्थानतर्फ कारमा जाँदै थिए । जाने क्रममा अकस्मात कारभित्र शिशु चिच्याउन थाले । शिशु रुन थालेपछि उनले तत्कालै गाडी अस्पताल फर्काएका थिए, जहाँ उनी अहिले जीवन र मृत्युको दोसाँधमा संघर्षरत छन् ।
शिशुलाई जोगाउन तत्काल रगत आवश्यक परेको चिकित्सकले बताएका छन् । शिशु जन्मिनु एक महिनाअघि आमा गंम्भीर विरामी परेकी थिइन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?