स्टकहोल्म । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनको आयोजनामा स्वीडेनवासी नेपालीहरूले विविध साँस्कृतिक कार्यक्रम गरी नेपाली नयाँ वर्ष मनाए ।
स्वीडेनको स्टकहोल्मको म्याण्डारिन प्याराडाइज रेष्टुरेण्टमा आयोजित उक्त नयाँ वर्ष कार्यक्रमको पहिलो चरणमा शुभकामना आदान-प्रदानको कार्यक्रम राखिएको थियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनका अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य कृष्णकुमार ढकाल, महासचिव निर्जल खड्का, स्वीडेन नेपाल मैत्री संघका अध्यक्ष डा. कटक मल्ल, हेल्प नेपाल स्वीडेनका उपाध्यक्ष विकास शाक्य, सेभेन विमिन अष्ट्रेलियाकी स्टेफानी उल्याण्डरले शुभकामना मन्तव्य दिएका थिए ।
शुभकामना मन्तव्यपछि विविध साँस्कृतिक कार्यक्रममा एनआरएनए स्वीडेनका पूर्वसचिव अनिल घिमिरेले नयाँ वर्षको शुभकामना गीत प्रस्तुत गरेका थिए भने बालप्रतिभा प्रणव केसीले नेपाली राष्ट्रगान पियानोवादनका साथ प्रस्तुत गरेका थिए । अर्का बालप्रतिभाहरू श्रेयश खतिवडाले पियानोवादन र नृत्य तथा विश्रुती मैनालीले गायन प्रस्तुत गरेकी थिइन् । त्यसैगरी रुविननारायण जोशी तथा सान्नाले नृत्य, शैलेश उपाध्याय तथा श्रेया उपाध्यायले गायन, प्रितेश आचार्यले गीतारवादन तथा एनआरएनए स्वीडेनका पूर्व उपाध्यक्ष डा. बृजेश मैनाली तथा शैलेश उपाध्यायले कवितावाचन गरेका थिए ।
रात्रिभोजपछि सामूहिक नृत्यको कार्यक्रम राखिएको थियो। अपरान्ह ३ बजे शुरू भई राति साढे आठ बजे समाप्त भएको सो नयाँ वर्ष कार्यक्रम एनआरएनए स्वीडेनका कार्यसमितिका सदस्य रुविननारायण जोशीले सञ्चालन गरेका थिए ।
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित